सल्यानमा करदाता सेवा कार्यालय स्थापना,राजश्व संकलन सल्यानबाटै हुने

सल्यान ।उद्योग बाणिज्य संघ सल्यानको पहलमा सल्यान र रुकुम जिल्लालाई मध्यनजर गर्दै कर सेवा अर्थात राजस्व संकलन केन्द्र कार्यलय सल्यानमा स्थापना हुने भएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सल्यानमा करदाता सेवा कार्यालय स्थापना गर्न लागिएको हो ।
उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी यसै आर्थिक बर्षभित्र अनिवार्य रुपमा लागु हुने गरी केन्द्रबाटै करदाता सेवा कार्यालय खोल्न लागेको संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले बताउनु भयो ।टाढाको दूरी हुँदा उद्योगी, व्यवसायीलाई कर तिर्न समस्या भएपछि करदाता सेवा कार्यालय थप गरेको हो। संघको पहलमा उक्त कार्यालय स्थापना हुन लागेको हो ।
सल्यान र रुकुमका ब्यापारीका निम्ति कर बुझाउन लामो समय लगायर प्रदेश नम्बर ५को दाङ जानू पर्ने बाध्यता रहेकोमा अब भने जिल्लामै कार्यालय स्थापना गर्न लागिएको महासचिव भरत बस्नेतले जानकारी दिनु भयो ।
जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि ब्यापारी लाई निकै राहत हुने भएको छ । जिल्लाका ब्यापारीका हकहितको लागि संघले बिभिन्न समयमा आन्तरिक राजस्व कार्यालय तुल्सिपुर दाङ संग समन्वय गरि राजस्व संकलन गर्ने गरेको छ।

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार १२:२५