विकासको बलियाे जग गुणस्तरीय शिक्षा होः प्रदेश सभा सदस्य शाह

सल्यान ।कर्णाली प्रदेशसभा सदस्य तथा सल्यान प्रदेश सभा क बाट निर्वाचित साँसद गुलावजंग शाहले विकासको पहिलो आधार शिक्षा भएको बताउनु भएको छ । उहाँले शिक्षा नै विकासको मुल आधार भएकोले शैक्षिक क्षेत्रको बिकास बिना गरिने विकास अधुरो हुने बताउनु भयो । शिद्ध कुमाख गाउँपालिकाको महेन्द्र आदर्श माद्यामिक बिद्यालय बाँझकाडा सल्यानको ६ कोठे बिद्यालय भवनको शिलन्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘विकासको जग भनेको शिक्षा हो उहाँले भन्नु भयो,त्यसैले साना बालबालिका देखीने गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक,अभिभावक लगायत सबैको उत्तिकै भुमिका हुन्छ ।’ भौगौलिक विकासको दृष्टिले पछि परेको यस शिद्धकुमाखको शैक्षिक विकासका लागी प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँल्े प्रतिबद्धता व्यक्त गर्नुभयो ।


शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउन यहाँका स्थानीयले भौतिक निर्माणको खाँचो रहेको बताएपपछि आफुलाइ विश्वास गरेर निर्वाचनमा विजयी बनाएको यस निर्वाचित क्षेत्रका लागी अहिले आएर केही सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।प्रदेश सभा सदस्य शाहले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले शैक्षिक उन्नतीको लागी प्रदेश सरकारलाई आबश्यक वजेट विनियोजनमा पहल गर्ने बताउनुभयो ।कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक बिकास मन्त्रालयको आर्थिक बर्ष ०७६÷०७७ को रु. ५० लाख बाट बिद्यालयमा भवन निर्माण हुन लागेको जानकारी दिंदै उहाँले भवन समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाइ आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै शिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुस्पा कुमारी बोहराले शिक्षा क्षेत्र गाउँपालिकाको प्राथामिकतामा परेको बताउदैँ शैक्षिक सुधारको लागी बर्षेनी लाखौँ वजेट विनियोजन गर्दै आएको बताउनुभयो ।‘बाल्यकालमा हामीले विद्यालयमा अध्ययनगर्दा माटोले लिप्नु पथ्र्यो,पानी पर्दा छाना चुहिन्थ्यो,त्यस्तो अवस्थामा अध्ययन गरेका हामीले अहिले पनि शिक्षाको विकासमा ठुलो फड्को मार्न सकेका छैनौ,उहाँले भन्नु भयो त्यसैले शिक्षा क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी लगानी गर्नुपर्छ ।’
उहाँले यस क्षेत्रमा विशेष कक्षा संचालनका लागी भवन बनाउन रकम छुट्याएपनि अहिले आएर कटौती भएकोप्रति गुनासो गर्नुभयो ।‘यहाँका बालबालिकाहरुका लागी विशेष कक्षा संचालन गर्न भनि पहिले भवनको योजना पर्यो उहाँले भन्नुभयो,तर अहिले आएर रकम कटौती भएको छ,जुन कुरा सुन्दा दुख लाग्यो ।’


बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा शिद्धकुमाख गाउँपालिका १ का वडाअध्यक्ष राम बहादुर बस्नेत, बिद्यालयका प्रधानाध्यापक भोक बहादुर केसी लगाएतकाले बोल्नभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लयन बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २६ माघ २०७६, आईतवार १९:२६