१४ जना किसानले भालेलाई बदिया बनाउन सिके

दाङ- दाङको शान्तिनगरमा १४ जना किसानले कुखुराको भालेलाई बदिया बनाउने तालिम लिएका छन् । जिल्लाभर बदिया भालेको माग उच्च र मुल्य पनि आकर्षक भएकाले किसानलाई यो तालिम प्रदान गरिएको शान्तिनगर गाउँपालिकाले जनाएको छ । पशु सेवा शाखा चिराघाटको वार्षिक कार्यक्रम अनुसार स्थानीय जातको कुखुराको भालेलाइ बदिया बनाउने तालिम प्रदान गरिएको पसु सेवा शाखाका प्रमुख देबराज आचार्यले जनाए ।


तालिमको सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले कुखुरा पालन ब्यवशायलाई नयाँ ढंगबाट अगाडी बढाएमा मनग्य आम्दानी लिन सकिने भन्दै यसले किसानको आर्थिक स्तर माथी उठाउने विश्वास ब्यक्त गरिन् । उपाध्यक्ष मिथिला शाहले केही गर्छु भन्ने उद्देश्यका साथ तालिममा सिकेको ज्ञान सिपलाई ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । तालिममा सात वटै वडाहरुका किसानहरुले आफुले पालेका कुखुराको भालेलाई बदिया बनाएका थिए । तालिममा दामोदर आचार्य र एक राज सुवेदीले बदिया बनाउन सिकाएका थिए ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार १५:४५