
सल्यान– १० हजार भन्दा वढी शेयर सदस्यहरु रहेको जनाउदै सल्यानको चेतना समाजिक उद्यमी सहकारी संस्था लिमिटेडले मंगलबार देखी लेखा व्यवस्थापन तथा सप्टवयर सम्बन्धी तालिम सुरु गरेको छ । साथै जिल्लाभरका कर्मचारीहरु सहित अर्धवार्षिक समिक्षा गोष्ठीको समेत आयोजना गरेको छ । आफ्ना कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तथा सप्टवयर सम्बन्धी जानकारि दिनका लागी सदरमुकाम खलंगामा ३ दिने गोष्ठी आयोजना गरिएको सस्थाका अध्यक्ष फत्तेजंग घर्तिले जानकारि दिए ।
सस्थाको आठौ वार्षिक साधारण सभा सम्म आई पुग्दा सल्यान जिल्ला भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको संस्थाले जनाएको छ । हाल सम्म १० वटा सेवा केन्द्रहरु जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे, कालीमाटि, सल्लीवजार, बाङ्गेलाखुरी र दार्मामा स्थापना गरी आफ्नो सेवा विस्तार गर्दैै आएको अध्यक्ष घर्तीले जनाए । ग्रामीण क्षेत्रमा समुह मोडेलमा लघुवित्त कार्यक्रम संचालन गर्दै हाल सम्म करिव १० हजार भन्दा वढी शेयर सदस्यहरु संग कारोवार गर्दै आईरहेको उनको भनाई छ ।
सस्थाका संचालक समितिका उपाध्यक्ष लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष प्रेमा वस्नेत, सदस्यहरु गेदलाल सार्की, खिम कुमारी नेपाली, रिता आर्चाय, सिता विष्ट र लेखा समितिका संयोजक मेघराज भण्डारी र सदस्य प्रगती कुमारी गिरी लगाएतको गोष्ठीमा उपस्थिती थियो । सस्थाका कोषाध्यक्ष प्रेमा बस्नेतको स्वागत मन्तव्य बाट कार्यक्रम सूरु भएको कार्यक्रमको संचालन सस्थाका कार्यकारी प्रमुख धन वहादुर नेपालीले गरेका थिए ।
सहकारी सस्थाको मुल्य, मान्यता र सिद्वान्त लाई अनुसरन गर्दै चेतना सामाजिक उद्यमी सहकारी सस्था लि. वि.स. २०६८ साल चैत्र २७ गते स्थापना भई आफ्नो सेवाहरु विस्तार गर्दै आईरहेको सहकारीले जनाएको छ । दलित, विपन्न, पिछडीएका वर्ग र ग्रामीण क्षेत्रमा सेवा दिने उदेश्यले स्थापना भएको सहकारिले अझै सेवालाई प्रभावकारी बनाउदै लैजाने जनाएको छ ।
प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १५:४५