४४ वालवालिकालाई एक समाजसेविले उपलब्ध गराए शैक्षिक सामग्री

प्रचण्ड खत्री
रुकुम पश्चिम – रुकुम पश्चिममा एक समाजसेवीले ४४ जना छात्रछात्रालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बाफिकोट गाउँपालिका वडा नम्बर ९ झुला काभ्राका दिपक बिकले विद्यालयमा अध्यनरत जेहेन्दार, अति विपन्न तथा दलित वालवालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।

जनकल्याण मा बि पुरानागाउ झुलाका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक एक थान झोला, एक एक दर्जन कापि, कलम, ज्यामिती बक्स उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक बलबहादुर के सिले जानकारी दिए ।


नेपाल कम्निस्ट पार्टी नेकपाका वडा सचीव समेत रहेका बिकले टुहुरा जेहन्दार दलित बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् र उनीहरुको भविष्य सुध्रियोस् भनेर मंगलबार एक कार्यक्रमका विच सामग्री हस्तान्तरण गरिएको जनाए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाफिकोट गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष कविराम खत्रीले छात्रछात्रालाई शैक्षिक सामग्री उपलब्ध गराउनु निकै सहरानीय कार्य भएको जनाउदै शिक्षा क्षेत्रमा गरिने यी यस्ता प्रकारका लगानीले राम्रो प्रतिफल दिने बताएका थिए । विकले ४४ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १८:३३