कभर खबर

  • ९ फाल्गुन २०७६, शुक्रबार १५:३३

कमल तालमा धमाधम कमलकाे जरा निकालिदै

प्रचण्ड खत्री

रुकुमपुर्ब – रुकुम पुर्बको सिस्ने गाउँपालिकाले कमलको जरा निकाल्न आह्ववान गरेको ठेक्काका १ सय ५५ रुपैयाँ  बढी  गर्नेले ठेक्का पाएका छन ।

गाउँपालिकाले १ लाख तोकेर ठेक्का आह्ववान गरेको थियो । सिस्ने गाउँपालिकाले सुरुमा १५ दिनको म्याद राखेर सूचना प्रकाशित गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । पालिकाले २ पटक प्रकाशित गरेको १ जना स्थानियको मात्र निवेदन परेको थियो । स्थानिय दिपक शाहिले कमलको जरा निकाल्न जिम्मेवारी पाएको सिस्ने गाउँपालिकाले जनाएको छ।

फाल्गुन ४ गत्ते देखि सुरु गरिएको कमलको जरा निकाल्ने कार्य फाल्गुन मसान्तसम्म चल्ने गरि सम्झौता भएको ठेकेदार दिपक शाहिले बताउनुभयो ।

गत बर्ष पनि १ लाख मै ठेक्काको आह्वावान गरेको थियो । पोहोर साल पनि कमलको जरा निकाल्न कमै निवेदन परेका थिए । यस बर्ष पनि कमलको जरा निकाल्न १ वटा निबेदन आएको थियो । कमलको जरा हिलोमा हुने भएकाले निकाल्न अनुभव भएकाले यस पटक पनि दिपक शाहिलाई गाउँपालिकाले जिम्मेवार दिएको वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिह थापाले बताउनुभयो । सबै ठेक्का हाल्ने ब्यक्तिमा अनुभबको कमि भएकाले यस पटक पनि कम निवेदन परेको हो ।

शाही स्थानीय ब्यक्ति पनि हुन । उनी हिलोसङ्ग खेल्ने , जरा निकाल्न अनुभव भएकाले यस पटक पनि एउटा निबेदन परेकोले उहाँलाई गाउँपालिकाले जिम्मा दिएको हो । कमलको जरा बिशेष गरि अचार खान प्रयोग गरिन्छ भने जन्डिस रोगलाई पनि निर्मुल पार्ने भएकाले यसलाई प्रयोग गरिन्छ ।

कमलको जरा निर्यात बिशेष गरि स्थानीय बजार रुकुमकोट , रुकुम पश्चिमको मुसिकोट हुँदै माग अनुसार काठमाडौ सम्म पुर्याउने वडा अध्यक्ष थापाले बताउनुभयो ।

कमलको जराको सुकाएको प्रति के जि २६०० सय रुपैयाँमा विक्री वितरण गर्ने गरिएको छ । तर आजभोली काचो लिने मान्छेको भिडभाड हुने बताएको छ ।

तस्विर: केशव विसि

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार १५:३३