शारिरिक रुपलेले असक्त देव बहादुर गिट्टी कुटेर परिवार पाल्दै

सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका निवासी ३९ वर्षीय देव बहादुर बुढा क्षेत्री । शारिरिक रुपले असक्त उहाँले भेरी किनारमा दैनिक गिट्टी कुटेर जिवन निर्वाह गर्दै आउनु भएको छ ।जन्मजात रुपमै दुबै खुट्टा गुमाएका उहाँलाइ आफु सहित चार जनाको जिम्मेवारी निर्वाह गर्नु पर्ने बाध्यता रहेको छ ।
अपांगता देवबहादुरले गिट्टी कुटेर ४ जनाको परिवार पाल्दै आउको बताउनु भयो । विगत ६ वर्ष देखी निरन्तर रुपमा लठ्ठीको सहारामा हिडडुल गर्ने उहाँले आफुले चार जना परिवार पाल्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
गिट्टी बालुवा बेचेर आफ्नो घरको चारजनाको परिवार पाल्ने देखि छोराछोरीलाई शिक्षा पढाइलेखाई समेत यसैबाट गराएको उहाँको भनाइ छ । गिट्ीकै सहारामा छोरालाइ कक्षा ५ मा र छोरीलाइ कक्षा ९ मा अध्यन गराइ रहेको उहाँले बताउनु भयो ।
शरिरका दुवै खुट्टा पुर्ण अपांग भएको बुढाको राज्यले दिएको अपांगता भत्ता १ हजार ६ सय रुपैयाँले खाना लाउन नपुगे पछि गिट्टी कुटेर जिवन यापन गर्ने गरेको उहाँले दुखेसो पोख्नुभयो ।ख वर्गको परिचय पत्र भएकोले अपांगता भत्ता समेत कम भएको बुढाको गुनासो छ । उहाँको विहान ६ वजे देखि वेलुकी ६ वजे सम्म गिट्टी कुटेर दिन वित्ने गरेको ।
मजदुरी गरेर अन्य सम्पत्ति जोड्न त परै जावस खानलाउन समेत हम्मे हम्मे भएको परिवारले पीडा पोख्यो । जति सुक्कै जाडो होस वा चर्को गर्मी भए पनि अपांगता बुढा दिनभर गिट्टी कुटेरै दिन वित्ने गरेको छ ।
देवबहादुरकी पत्नी चन्द्रमती बुढाले कक्षा ८ सम्मको पढाइ गरेपनी कतै काम नपाएकाले समस्या भएको उहाँहरको भनाइ छ ।सामान्य लेखपढ गर्न जानेको छु,स्थानीय सरकारको पालामा कहीकतै कार्यालय सहयोगी जस्ता काम पाएमा समस्या समाधान हुने थियो,चन्दमती भन्नुहुन्छ, ‘दिनभरी दुबैजनाले भेरी किनारमा गिट्टी कुट्नु पर्ने बाध्यता छ ।’
दिनभरमा ३÷४ कट्ठा गिट्टी कुटेर वजारमा निर्माणधिन घर निर्माण कर्तालाई विक्रि गर्ने गरेको उहाँले बताउनुभयो । अन्य आम्दानीको उपाए केहि नभए पछि सवै परिवाले मजदुरी गररे साँझ विहानको छाक टार्नु परिरहेको उनकी श्रीमती चन्द्रमती बुढाको भनाई छ ।
सल्लीवजारमा निर्माणधिन पक्की घर र योजना निर्माण कर्ताले गिट्टीको लागि आफुहरुसंग सम्झौता गर्ने गरेको उहाँले बताउनु भयो । एक कट्ठा गिटीको ६० रुपैयाका दरले विक्रि वितरण गर्ने गरेको जानकारी दिंदै उहाँल्े प्रति ट्याक्टर ६ हजारका दरले र बालुवा प्रती ट्याक्टर २ हजारका दरले बिक्री वितरण गर्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार १७:५७