कभर खबर

  • १४ फाल्गुन २०७६, बुधबार १५:४५

शान्तिनगरमा स्वच्छ मासु उत्पादन सम्बन्धी तालिम सुरु

निराश पाण्डे
दाङ– स्वच्छ मासु उत्पादन सम्बन्धि तालिम बुधबार देखि दाङको शान्तिनगरमा सुरु भएको छ । शान्तिनगर गाउँ पालिका वडा नम्बर ५ को आयोजना एवम् पशु सेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा रगैचामा सुरु भएको हो । तालिममा महिला र पुरुष गरि २० जनाको सहभागिता रहेको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतको सभापतित्व एबं गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष डाँगीले मानिस स्वस्थ हुन खानपिन पनि स्वस्थ हुन जरुरी रहेकोे बताउदै ब्यबसाय गर्ने नाममा गलत मनसायले उपभोक्ता लाई ठगी गर्ने लाई गाउँ पालिकाले कारबाही गर्ने बताए ।

कार्यक्रममा वडा सदस्य डिल्ली खड्का र वडा सचीव रोम हर्ष के सि ले बोलेका थिए । तालिमको प्रशिक्षकमा पशु सेवा शाखा प्रमुख देब राज आचार्य , पशु स्वास्थ्य प्राबिधिक अमर ओलि, पसु प्राबिधिक कृष्ण चौधरी र नायब प्राबिधिक सहायक चित्र के सि रहेका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार १५:४५