
इन्द्र बुढाथोकी
सल्यान, १७ फागुन
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको एकदिने अभिकर्ता पुर्नताजगी तालिम सल्लीबजारमा सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय सल्लीबजारको आयोजनामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्समा रहेर अधिकतम बिमाशुल्क संकलन गर्ने एमडीआरटी निशा पाण्डे, टप एजेन्सी म्यानेजर योगेश पुन मगर र बालकृष्ण विकलाई कम्पनीका प्रदेश प्रमुख नारायण पंगेनीले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बीमाले भविष्यमा हुने विभिन्न खाले जोखिमहरुलाई कम गर्ने भएकोले बीमा सम्वन्धी जानकारी गराउन आवश्यक रहेको कम्पनीका प्रदेश प्रमुख पंगेनीले बताउनुभयो । उहाँले छोटो समयमै युनियन लाइफले बीमा क्षेत्रमा ठुलो फड्को मार्न सफल भएकोले सवैको विस्वास र मन जितेको दावी गर्नुभयो । युनियन लाइफमा आर्कषक बीमा पोलिसी रहेकोले पनि सवैको मन जित्न सपलल भएको पंगेनीको भनाई छ ।“युनियन लाइफ भित्र सवैले बीमा गर्न सक्ने गरी आकर्षक पोलीसीहरु बजारमा ल्याएको छ यसले पनि हामी सवैको मन जित्न सफल छौं ।” पंगेनीले भन्नुभयो ।
तालिममा सल्लीबजार शाखाबाट अधिकतम बीमाशुल्क संकलन गर्ने एजेन्सी म्यानेजरहरुको भुमिका महत्वपूर्ण रहेको शाखा प्रमुख दिनेश पंगालीले बताउनुभयो । ४५ जना अभिकर्ताहरु सहभागी भएको तालिममा प्रदेश प्रमुख नारायण पंगेनी र सल्लीबजार शाखा प्रमुख दिनेश पंगालीले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार २१:०७