
सल्यान, १८ फागुन
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सल्यानमा एजेन्सी म्यानेजरको कार्यालय स्थापना गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका वडा नंं. ४ गर्चे बजारमा कार्यालयको आइतबार उदघाटन गरिएको हो ।
गर्चेबजार र आसपासका क्षेत्रमा घरआगनबाटै सेवा दिने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय सल्लीबजारका शाखा प्रमुख दिनेश पंगालीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मोमत रोकाले जीबन बिमाले भविष्यको सुरक्षा गर्ने भएकोले सवैले समयमै बीमा गरेर जीबन सुरक्षा गर्नुपर्ने बताउनुभयो । “बीमाले भबिष्यको सुरक्षा गर्ने भएकोले सवैले गर्न जरुरी छ अझ कम्पनीको कार्यालय गाउघरमै आएको छ अब यसले दिने सेवा सुविधा पनि छिटोछरितो हुनेछ ।” अध्यक्ष रोकाले भन्नुभयो ।
कार्यक्रममा जयनेपाल आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल राना लगायत सर्वसाधरणहरुको उपस्थिति रहेको थियो । अब नयाँ जीबन बीमा भर्न तथा बिमाशुल्क वुझाउने कार्य एजेन्सी म्यानेजरको कार्यालय मार्फत हुने कम्पनीका सिनियर एजेन्सी म्यानेजर चेतना रानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १८ फाल्गुन २०७६, आईतवार २२:४३