पशु आहाराका बारेमा ४० जना किसानले जानकारि लिए

दाङ – दाङको शान्तिनगर गाउँपालिकामा पशु पोषण सुधार सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । ५ नम्बर वडा कार्यालयको आयोजना तथा पसु सेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा एक दिने पशु पोषण सुधार सम्बन्धि गोष्ठी सोमबार रंगैजामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतले तालिम लिएर मात्र नहुने भन्दै तालिम व्यबहारमा लागू नगर्दा सम्म तालिम लिएको सार्थकता नहुने बताउनु भयो । शान्तिनगर गाउँ पालिका वडा नम्बर ५ को चालू आर्थिक बर्ष २०७६।७७ को बार्षिक कार्यक्रम अनुसार पसुपालक किसान हरु लाई गोष्ठीमा सहभागी गराइएको जनाइएको छ ।

गोष्ठीमा पशु आहाराको सैद्धान्तिक अबधारणा , आहाराको वर्गीकरण , पसु आहाराको पोषण तत्वको महत्व र भिन्नता तथा अपनाउनु पर्ने कार्यहरु को बारेमा पसु स्वास्थ्य प्राबिधिक अमर ओलि र पसु प्राबिधिक कृष्ण चौधरी ले सहभागी लाई जानकारी गराउनुभएको थियो । ४० जना महिला र पुरुष सहभागी रहेकोे कार्यक्रम को संचालन पशु सेवा साखाका प्राबिधिक चित्र के सि ले गर्नुभएको शान्तीनगर गाउँपालिकाका प्रेस संयोजक निराश पाण्डेले जानकारि दिनुभएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार १४:२३