कभर खबर

  • २५ फाल्गुन २०७६, आईतवार ००:०७

युनियन लाइफको सम्पत्ति सुद्धिकरण तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय नेपालगञ्जको आयोजनामा सम्पत्ती सुद्धिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देृश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी आर्थिक बर्षभित्रमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपालकै पहिलो कम्पनी हुने दावी गर्नु भयो । कम्पनीमा कार्यरत कर्मचारीहरुलई हरेक क्षेत्रमा क्षमता अभिवृद्धि गरी सवैकुरामा बीमा कम्पनी पहिलो नम्वरमा आउने दावी गर्नुभयो । जुन उद्देश्य लिएर हामी कम्पनीमा जोडिएका छौ त्यसलाई समयमै पुरा गरे पहिलो नम्वरमा आउन कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
कम्पनीमा कार्यरत कर्मचारीहरुको लगनशिलताले जल्दोवल्दो कम्पनीको रुपमा अगाडी आएको छ आगामी आर्थिक बर्षमा हामी पहिलो नम्वरमा आउनकै लागि रातदिन खटिएका छौं प्रमुख कार्यकारी अधिकृत कर्णले भन्नुभयो ।

कार्यक्रममा कम्पनीका सहायक कार्यकारी अधिकृत कपिल कुमार दाहालले बीमा दावी भुक्तानी समयमै गर्नका लागि कर्मचारीले भुमिका खेल्नुपर्ने बताउनुभयो । “कम्पनीको कार्यसम्पादन प्रभावकारी भएमा कम्पनीले बिमितहरुको विश्वास जित्न सकछ त्यसैले बीमितले दाबी गर्दा आवश्यक सवै प्रक्रिया पु¥याउन तपाइहरुले भुमिका खेल्नुस” दाहालले भन्नुभयो ।


कार्यक्रममा प्रदेश नम्वर ६ का प्रदेश प्रमुख नारायण पंगेनीले कम्पनीले दिएको जिम्मेवारी पुरा गर्दै प्रदेश नम्वर ६ बाट कम्पनीलाई पहिलो नम्वरमा पुर्याउन प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।“युनियन लाइफलाई बीमा कम्पनीहरुमध्य पहिलो नम्वरमा पु¥याउन प्रदेश नं. ६ ले जुन भुमिका खेल्नुपर्छ त्यसमा हामी र हाम्रो टिम प्रतिवद्ध छौं ।”पंगेनीले भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ६ का सहायक प्रदेश प्रमुख गोविन्द रेग्मी, किशोर कुमार थापा, शाखा प्रमुखहरु, एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आईतवार ००:०७