
प्रचण्ड खत्री
रुकुम पुर्ब – २१ लाख बढीको लगानीबाट रुकम पूर्वको सिस्ने गाउँपालिकामा पुल निर्माण गरिएको छ । वडा नम्बर ८ स्थित जामखोलामा ट्रस ब्रिज पुल निर्माण गरिएको हो ।
केन्द्र सरकारको १९ लाख २६ हजार ४ सय ८० रुपैयाँ, सिस्ने गाउँपालिकाको १ लाख ३३ हजार ६ सय ७१ र जनश्रमदान ४४ हजार ८ सय ५७ रुपैयाँ गरी जम्मा २१ लाख ४ हजार ७ सय ८ रुपैयाँमा पुल निर्माण भएको हो ।
ट्रस ब्रिज ३२ मिटर लामो छ । जामखोलामा पुल नहुँदा खोला तर्ने क्रममा विगतमा धेरैले ज्यान गुमाउनुपरेको थियो । पुल उद्घाटन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले पुलले धेरैलाई सुविधा थपेको बताउँदै अव खोला पार गर्ने क्रममा कसैले ज्यान गुमाउन नपर्ने बताईन् ।
प्राविधिक सामाजिक संगठनात्मक सहयोग सेवा प्रतिष्ठान नेपाल रुकुम पूर्वको सहजीकरणमा ट्रस ब्रिज निर्माण गरिएको हो ।
प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार १२:००