कभर खबर

  • ३० फाल्गुन २०७६, शुक्रबार १२:१५

रुकुम पश्चिममा मुला र रायो खेती प्रती किसानहरु आकर्षण

प्रचण्ड खत्री / रुकुम पश्चिम्  । रुकुम पश्चिममा पछिल्लो समय मुला र रायो खेती प्रती किसानहरुको उल्लास मय बड्दै गएको छ । पहाडी जिल्लामा अबस्थित रुकुम पश्चिमका बेसि फाटहरुमा बीउ उत्पादनका लागि किसानहरुले मुला र रायोका खेती तर्फ आकर्षन बर्दै गयको छ । अहिले सानिभेरी नदिका फाटहरुमा गहुँ खेती भन्दा मुला र रायो खेती तर्फ किसानहरु आकर्षण भएको सानिभेरी गाउँपालिका ९ हासिबाङका कृषक भागिराम ओलिले जानकारी दिनुभएको छ । गहुँ रोप्ने कात्तिके र मंसिरे महिनामा मुला रायो रोपिन्छ भने बैशाख महिनामा गोरुले दाही ( मिरेर ) हालेर यसको गेडा निकालिन्छ ।

सानिभेरी नदिको माच्मी जिउला , साधनचौर , लोरिबाङ , हासिबाङ , क्षेत्रमा यसको खेती गरिन्छ । त्यस्तै चौरजहारी खोलागाउ ,त्रिबेणि गाउँपालिकाको पेतिखेत , नुवाकोट , मुसिकोट नगरपालिकाको झुलखेतमा बिशेश गरि मुला र रायोको खेती गरिन्छ । यसका बाहेक जिल्लाको अन्य ठाउँहरुमा पनि बीउ उत्पादनको लागि खेती गरिने गर्दछ । मुसिकोट नगरपालिका १३ छिबाङ चौताराका कृषक लोकेन्द्र बहादुर ओलि भन्नुहुन्छ ठेकेदार आफैले रोप्नको लागि आबस्यक अनुसारको बीउ ल्याईदिनुहुन्छ र हामी त्यसलाई धेरै उत्पादन गर्दछौ । ओलिले अहिले १२० हेक्टर रोपनीमा मुलाको बीउ उत्पादन गरेको बताउनुभयो ।

उत्पादन गरेपछी बजारको त्यति समस्या नभएको बताउनुभयो । मात्र गत बर्ष आफुले १ लाख बराबरको मुला र रायोको बीउ बेचेर यो बर्ष गत बर्षको तुलनामा बडि खेतमा मुला लगायको कृषक ओलिको भनाई छ । त्यस्तै मुसिकोट नगरपालिका ३ माच्मिका कृषक देब बहादुर खडकाले पनि गहुँ रोप्न छाडेर खेतमा मुला रायो रोप्नु भएको छ । घरमा खाध्यान आबस्यक पर्ने जमिनमा गहुँ रोप्ने र ब्यबसायमा भने मुला रायो खेती गरेको खडकाको भनाई छ । कृषि पेसा परिबारको आम्दानी नभई नहुने श्रोत हो ।

खड्का भन्नुहुन्छ संघ , प्रदेश , र स्थानीय सरकारले आफुहरुलाई कुनै पनि किसिमको सहयोग नगरेको दुखेसो ब्यत्त गर्नुभयो । आफुहरुले आफ्नै लगानिमा उत्पादन गरेको र प्रसुधन गर्नको निम्ति दाङ लग्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ प्रसुधन गर्नको निम्ति मेसिन उपलब्ध गराईदिय हामिलाई सहज हुने थियो । कृषि पेसामा गहुँ भन्दा मुला र रायो ब्यस्थ र सहज खेती हो । रुकुम पश्चिमबाट बार्षिक रुपमा करोडौंको मुला र रायोको बीउ निकासी हुन्छ । अहिले १ केजि मुला २५० र रायो बीउ २८० रुपैयाँमा बिक्रि हुने गरेको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार १२:१५