सामूहिक भैंसीपालनमा रमाउँदै सल्यानका युवा,सिभिल इन्जिनियर पढेका युवापनि व्यवसायमा

सल्यान ।शारदा नगरपालिका ५ रातामाटामा युवाले सामुहिक रुपमा भैसीपालन व्यवसाय सुरु गरेका छन् । उनीहरुले कम्पनी मार्फत ६० लाख बराबरको लगानी गरेर सामुहिक भैसी पालन गरेका छन् ।यहाँका २३ जना युवाले छहरेखोला कृषि कम्पनी मार्फत् व्यवसायिक रुपमा भैसीपालन गरेका हुन् । गाउँमा एक्लाएक्लै पालन गरेका भैंसीहरुलाई एउटै फर्ममा ल्याएर राखिए पछि कृषकले मनग्य आम्दनी समेत गर्न थालेका छन् ।
सामुहिक भैसीपालनले यहाँका यूवाहरुमा उत्साह छाएको छ । सुरुमा सामुहिक रुपमा भैसीपालन गरौ भन्दा अप्ठेरो मानेका कृषकहरु अहिले भने खुसी भएका छन् ।बेसिक सिभिल इन्जिनियर पढेका युवा लाल बहादुर कुमाइले समेत जागिर भन्दा कृषि पेशानै उत्तम भएको बताउनु हुन्छ । जागिर खानलाइ जति मेहनत गर्नुपर्छ त्यतीको मेहनत कृषि क्षेत्रमा गर्नेहो भने पुस्तौंपुस्ता सम्मलाइ सहज हुने उहाँको भनाइ छ ।
सामूहिक भंैसी फर्ममा अहिले साना ठुला गरी ३५ वटा भैसी रहेका छन् १५ वटा भैसी दुधालु छन् । भैसी फर्मबाट दैनिक १२० लिटर दुध प्रति लिटर ८० रुपैयामा बिक्री भैरहेको छ ।सामूहिक भैसीपालन गर्दा थोरै श्रम शक्तिवाट धेरै लाभ लिन सकिने बताउँदै अहिले सबैभन्दा कम आयश्रोत भएका व्यक्तीलाइ रोजगारी समेत प्रदान गरेको उहाँले बताउनु भयो ।
कम्पनीले अहिले सामुहिक भैसिपालन गरेर चार जनालाई रोजगारी दिएको छ । उनीहरुले भैसीलाई आवश्यक हेरचाह गर्नु साथै दुध दुहने लगायतका काम गर्ने गरेका छन् । गाउँमै रोजगारी पाएपछि घर र रोजगारी नजिकै हुदा सजिलो भएको ज्यालादार काम गर्दे आउनुभएको छ ।


फर्ममा भैसी हुनेले १ वटा भैसी र नहुनले १ लाख सेयर राखेका छन् । भैसीको लागि आवश्यक पर्ने घाँसका लागि अहिले १२० रोपनी जग्गामा उन्नत जातका घाँस खेती गरिएको छ ।
अहिले ७सय रोपनीमा खेती गर्ने जग्गा भाडामा लिएको र अबको दुई वर्ष भित्र २५० भैसी फर्मपालन गर्ने गरी ब्यवस्थापन कार्य अघि बढाईएको छ ।थोरै समय र श्रममा पनि धेरै भैसी पालन गर्न सकिने हुँदा आम्दनी पनि राम्रो भएको युवाहरुको भनाइ छ । यहाँका महिला पुरुष हौसिएर भैंसी पालन व्यवसायमा जुटेका छन् ।साथै स्थानीय स्तरमै रोजगारीको समेत सृजना भएको भन्दै कृषकहरु खुशी भएका छन् ।

 

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार १५:२१