च्याउ खेतीबाट आत्मनिर्भर बनेकी एकल महिला

सल्यान । ५८ बर्षीया डोटी बुढाथोकी पछिल्लो समय च्याउ खेतीबाट आत्म निर्भर बन्दै गएको बताउनुहुन्छ । शारदा नगरपलिका वडा नं २ मा बस्दै आउनु भएकी बुढाथोकीले विगत ८ बर्ष देखी च्याउ खेती गर्दै आउनु भएको छ ।
आफ्नो परीवार चलाउने उपाए खोज्दै जाँदा साबिकको जिल्ला कृषी बिकास कार्यलय सल्यानले प्रदान गरेको एकल महिलाहरुलाइ सीपमुलक ३ दीने तालीमपछि च्याउ खेती तर्फ लागेको उहाँले बताउनुभयो ।
उतिबेला हामी २० जना एकल महिलाहरु च्याउ खेती सम्बन्धी तलीममा सहभागी भएका थिंयौ,उहाँले भन्नुभयो, अहिले म एक जना मात्रैले तालीम पश्चात व्यवसाय संचालन गरेकी छु । तालीमबाट उत्प्रेरित भएर आफुले च्याउ खेतीमा आर्कषण भएको उहाँको भनाइ छ ।


सुरुमा १ वटा टनेल बनाउने आँट गरकी उहाँको हाल तीनओटा टनेलमा च्याउ उत्पादन थाल्नु भएको छ । अहीले च्याउ खरिद गर्न खलंगा बजारका मानिरहरु दिनप्रतीदी आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, बजारको माग अनुसार च्याउ पुर्याउन सकिएको छैन । पहिले च्याउबाट के आम्दानी होला भन्ने सोचेकी थिए । अहिले घरखर्च चलाउन, सन्तान पढाउन समस्या भएको छैन् ।मानिसमा केही गर्ने आँट पलाउने हो भने सानो प्रयासले पनि आत्म निर्भ भइदों रहेछ,उहाँ भन्नुहुन्छ,सबै भन्दा ठुला हाम्रो आत्मविश्वास बलिायो हुन जरुरी छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आईतवार १६:४२