ब्यवसायिक भैसीपालनबाट मनग्य आम्दानी

इन्द्र बुढाथोकी
सल्यान, १७, चैत । सल्यानको पश्चिमी क्षेत्रका एक किसानले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका केशब बस्नेतले भैँसीपालन बाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
बैंकबाट १५ लाख रुपैया ऋण लिएर भैंसीपालन व्यबसायिक भैसीपालनमा लागेको उहाले बताउनु भएको छ । भैँसीले दैनिक ३० लिटर भन्दा बढी दूध उत्पादन भएपनि बजारको माग अनुसार पु¥याउन नसकिएको बस्नेतको भनाई छ । “अहिले दैनिक रुपमा ३० लिटर भन्दा बढि दुध संकलन हुन्छ तर पनि बजार माग अनुसारको उत्पादन गर्न सकिएको छैन,” कृषक वस्नेतले भन्नुभयो ।
दूध वेचेर मासिक रु ५० हजार आम्दानी भैरहेको बस्नेतको भनाई छ । “दैनिक १८ सय रुपैँया दूध विक्रिबाट आम्दानी भैरहेको छ,” उहाँले भन्नुभयो । भैँसीपालन ब्यबसायलाई ब्यबस्थित बनाउनका १५ रोपनी खेतबारी भाडामा घाँस खेति समेत शुरु गरेको बस्नेतले बताउनुभयो ।
युवा शक्ति सबै विदेश जाने क्रम चलिरहेको बेला उहाले भने बनगाडमा भने गतिलो उदारिणिय बन्नुभएको छ । आफुले व्यवसायको लागि धेरै क्षेत्र रोजेपनी भैसि पालन जस्तो अन्य पेशा नभएको कारण आफू भैंसी पालनमा लागेको बताउनु भएको छ ।
हाल ५ वटा भैसी र ५ वटा पाडा पाडी रहेको उहाँको व्यवसायमा आगामी दिनमा यसलाई बृद्धि गर्दै लैजाने लक्ष रहेको बस्नेतको भनाई छ । “ मानिसहरुलाई पैशा कमाउनका लागि बिदेश मात्रै ठाउ छ भन्ने लागेको छ तर राज्यले सहयोग गरेको अवस्थामा यहि बसेर आम्दानी गर्न सकिने सम्भावना प्रसस्त रहेको छ,” बस्नेतले भन्नुभयो ।
ब्यवसाय सञ्चालनका लागि सरकाबाट कुनै सहयोग नपाएको उहाँको गुनासो छ । “हामीलाई ब्यवसाय सञ्चालन गर्नका लागि अनुदान हैन सहुलियतमा ऋण उपलव्ध गराएको अवस्थामा समेत व्यवसाय सञ्चालन गर्न सक्छौ तर सरकारले कुनै सहयोग गर्न चहादैन,” बस्नेतले भन्नुभयो ।
वस्नेतले गाउँमै केही न केही व्यवसाय गर्नुपर्छ भनेर बैंकबाट ऋण लिएर व्यवसायीक भैसीँ पालनमा जुटेपनी सरकारले कृषकलाई सहुलियतमा ऋण दिने भनेपनि आफुले भने सहुलियतमा नभई कृषि ऋण नपाएको समेत दुखेसो गर्नुभयो ।
पाँच जनाको परिवार रहेको उहाँले ब्यवसायका लागि थप एकजनालाई समेत रोजगारी दिनु भएको छ । व्यवसाय गरेर आम्दानी मात्र हैन स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्यमीहरुलाई राज्यले सहयोग गर्न सके बैदेशिक रोजगारमा जानेहरुको संख्या घट्ने मात्र हैन यसले राज्यले खोजेको आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्ने देखिदैन ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार २२:२४