कभर खबर

  • २१ चैत्र २०७६, शुक्रबार १०:२०

एक समाजसेविले एक हजार तीन सय मास्क वितरण गरे

प्रचण्ड खत्री
रुकुम पश्चिम- रुकुम पश्चिमको एक ब्यक्तिले आफ्नो वडामा एक हजार तीन सय मास्क बितरण गरेका छन । जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर १० समाजसेबी हरि चन्दले मास्क बितरण गर्नुभएको हो । नेपालमा कोरोना भाईरस (कोभिड १९) का कारण मास्क सटेज हुँदा पनि उहाँले नेपालगन्ज देखि मास्क ल्यायर वडा कार्यलय मार्फत बितरण गर्नुभएको हो । वडाका १५०० संख्यालाई बितरण गर्ने भनियता पनि १३०० मास्क आएको चन्दले बताउनुभयो । २५ गत्ते सम्म अरु थप २०० मास्क लयायर नपुगेका घरदुरिलाई बितरण गर्ने समाजसेवी चन्दले जानकारी दिनुभएको छ ।

५० हजार बराबरका १३०० मास्क वडाका १३०० जनसंख्यालाई ३ दिन लयायर बितरण गरिएको वडा अध्यक्ष अर्जुन चन्दले जानकारी दिनुभएको छ । समाजसेवी हरि चन्दले पहिले देखि नै १० नम्बर वडामा बिपदमा परेकाले सहयोग गर्दै आउनुभएको छ । उहाँले रुखबाट लडेर मेरुदण्ड भाचियका मन बहादुर मल्ललाई १५०००० , जनयकता आधारभुत विद्यालयलाई ७५ हजार बराबरका कम्पुटर , वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर के सिलाई आमाबुबा अक्षकोषमा १ लाख २८ हजार , सहयोग गर्नुभएको थियो । उहाँ पुर्ब स्वास्थ कर्मी हुनुहुन्छ । चन्दले स्वास्थ कर्मिको जागिर छोडेर समाजसेवामा लाग्नुभएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार १०:२०