सिद्धकुमाख– २ मा ७ सय २५ किलो चामल र नुन, तेल, दाल वितरण

सल्यान– कोरोना भाइरसको सम्भावित संक्रमणलाइ रोकथाम गर्नको लागि लम्वाइएको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा राहत वितरण गरिएको छ । विहिबार वडा नं २ का ३६ घरपरिवारलाइ राहत वितरण गरिएको वडाध्यक्ष रुद्र बहादुर बुढाथोकीले जानकारी दिए ।

गाउँपालिकाको विपन्न परिवारलाइ राहत वितरण मापदण्ड २०७६ बमोजिम ७ सय २५ किलो चामल, ३६ लिटर खाने तेल, ३६ प्याकेट नुन र ५८ केजी दाल ३६ घरपरिवारलाइ वितरण गरिएको हो । वडाध्यक्ष बुढाथोकी सहित वडा सदस्य, वडासचिव र स्वास्थ्य इकाइ प्रमुखको उपस्थितिमा विपन्न परिवारलाई राहत वितरण गरिएको थियो ।

दोस्रो पटक लम्विएको लकडाउनको कारणले ज्यालामजदुरी गरेर दैनिकी चलाउदै आएका वडावासीहरुलाई सरकारको राहत कार्यक्रमले धेरै सहयोग पुगेको राहत प्राप्त गर्ने परिवारले बताएका छन् । लकडाउन अझै लम्विएमा स्थानीय सरकारले राहत वितरणलाइ निरन्तरता दिने र कोही पनि सिद्ध कुमाख गाउँपालिकाबासी भोकै बस्नु नपर्ने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताएका छन् । बाँकी वडाहरुमा क्रमश राहत वितरण गर्ने गाउापालिकाको योजना रहेको सूचना प्रविधि अधिकृत भिम भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहीबार २१:२५