एनसेलको न्यु इयर अफर, डेटा र एसएमएस सेवा लोनमा पाइने

काठमाडौं : एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेटले आफनाग्राहकलार्ई सम्पर्कमा रहिरहनथप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस् सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्कतिर्ने गरी खरिद गर्न सक्छन् ।

कोरोना भाइरसले फैलिएसँगै लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्य र साथीभाइसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदानप्रदान गर्न व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र २० रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँगशुन्यब्यालेन्स रहेको अवस्थामापनि यो प्याकलोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदालिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागिमान्य रहन्छ ।

लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र १० रुपैयाँ सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागिमान्य रहनेछ । ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याकवाएसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवालिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकमचुक्ता गरेको हुनु पर्ने जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार २०:३५