उद्योग वाणिज्य संघले कपुरकोटबाट शुरु गर्याे राहत वितरण, एक स्थानीय तहलाई १५ हजार

सल्यान- उद्योग वाणिज्य संघ सल्यानले कपुरकोट गाउँपालिकाबाट राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई कोरोना संक्रमण रोकनका लागि आर्थिक सहायता उपलब्ध गराइने वाणिज्य संघले जनाएको छ । कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गुर्याउने उद्देशयले एक स्थानीय तहलाई १५ हजार रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन लागेको उद्योगा पाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले बताए ।


शनिबार विहान कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनलाई नगद हस्तान्तरण गर्दै उनले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारले चालेका कदमहरु प्रभावकारी रहेको जनाउँदै कोरोना विरुद्ध एक हुनका लागि सानो सहयोग गरिएको बताए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष सेनले विपद्को समयमा सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिदै गाउँपालिकाले कुनै पनि आर्थिक वा वस्तुगत राहत ग्रहण गरेर वास्तविक पिडित समक्ष पुर्याउइने बताए ।

उद्योग वाणिज्य संघले शनिबार नै त्रिवेणी, छत्रेश्वरी, सिद्ध कुमाख, दार्मा गाउँपालिका र वागचौर नगरपालिकामा आर्थिक सहायता प्रदान गर्ने जनाएको छ । बाँकी स्थानीय तहमा आइतबार पुगेर राहत प्रदान गरिने संघका महासचिव भरत कुमार वस्नेतले जानकारी दिए ।
कपुरकोटको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणिज्य उपाध्यक्ष दिपक वोहोरा,सदस्य कमल घर्ती, कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा लगाएतको उपस्थिति थियो ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार ०९:३४