बागचौरमा सहयोग जुट्ने क्रम जारी, भुपु प्रहरीले दिए २५ हजार

सल्यान- सल्यानको बागचौर नगरपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोकथाम, उद्धार र राहतको लागी बागचौर नगरपालिकाले सहयोगको अपिल गरेको छ । यहि क्रममा सिद्ध कुमाख गाउँपालिका वडा नं १ निवासी भुतपुर्व शसत्र प्रहरी सहायक निरिक्षक तथा निर्माण व्यवसायी चमन बुढाथोकीले २५ हजार एक सय २५ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

यस अघि नगरपालिकामा प्रशंसा मण्डलीका पास्टर धन बहादुर बि क ले २० हजार एक सय पाँच रुपैयाँ जम्मा गरेका थिए । यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले ४ लाख ५० हजार, ११ नम्बर वडाध्यक्ष मोहन खड्काले २१ हजार, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला शिक्षा समिति सदस्य शोभाराम भण्डारीले २५ हजार पाँच सय पचास र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागचौर नगर कमिटी सदस्य लिलमान भण्डारीले. पाँच हजार पाँच रुपैयाँ सहायता प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार ११:२९