सल्लीबजार क्षेत्रमा किसानकाे तरकारी बारीमै कुहिन थाल्याे

इन्द्र बुढाथोकी
सल्यान – कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि किसानकाे तरकारी बारीमै कुहिन थालेकाे छ ।

लकडाउन लगातार थपिएपछि पछि बनगाड कुपिण्डे नगरपालिका वडा न ६ आपखोलीका टोप बहादुर बुढाक्षेत्रीको तरकारी बारीमै कुहिन थालेकाे हाे। लकडाउन यता उनले न तरकारी टिप्‍न पाएका छन्, न बेच्‍न नै । बुढाक्षेत्री मात्र होइन, विष्णु आपखोली ताजा तरकारी उत्पादन समुहले ४० रोपनीमा खेतमा लगाएको काक्रो, सिमि, बन्दा, टमाटर बारीमै कुहिएका छन ।

समुहका उपाध्यक्ष समेत रहेका बुढाक्षेत्रीले अब कुहिएको तरकारीहरु गाइ भैसिलाइ खुवाउने र काक्रो सडकमा लिएर फाल्नुकाे विकल्प नरहेको बताउनुभयाे ।


बारीमै बन्दागोभी सुक्न थालेको अवस्था छ भने टमाटरकाेे विरुवा औषधि नहुदा कुहिन लागेको छ अनि काक्रो पनि पाकेर पहेंलो भैसकेको छ ।

बुढा क्षेत्रीकाे दिनचर्यया तरकारी बारीको एक छेउमा तरकारी किन्न आउँछन् कि भन्ने आशामा नै बित्ने गर्छ । ‘गत वर्षको यही सिजनमा मैले तरकारी काक्रो बेचेर २ लाखसम्म आम्दानी गर्थे’ बुढाक्षेत्रीले दुखेसो पोख्दै भन्नुभयाे । तरकारी बेच्नको लागि बारीमै गएर व्यापारी तरकारी लिएर आउथे । अहिले सुनसान छ ।

‘बन्दाबन्दी भएदेखि नै तरकारीको राम्रो व्यापार भएको छैन्’ बुढाक्षेत्रील वेच्नको लागि राखिएको तरकारी देखाउदै भने ‘तरकारी लिन कोही आउँदैनन् ।’ गत वर्षको यो समयमा सबै तरकारी बारीबाट नै बेचेर सकिने गरेको उहाँले बताउनुभयाे ।

‘तरकारी सबै सुकेर ओइलाउन लागिसक्यो’ अर्को कृषक लोक बहादुर बिसिले भन्नुभयाे ‘फाटफुट रूपमा मात्रै थोरै मात्रामा तरकारी लिन आउनु हुन्छ, सस्तोमा बेच्नु परेको छ ।’ बन्दाबन्दी भएदेखि कुनै पनि व्यापारीहरू तरकारी लिन नआएको दुखेसो पोख्ननुभयाे ।

‘यहाँ उत्पादन भएका तरकारी जिल्ला बाहिरसमेत जाने गरेको थियो, बन्दाबन्दीको कारण धेरै मानिसहरूको आवतजावत नहँुदा सबै बिक्री नहुने उहाँले बताउनुभयाे ।
‘तरकारी टिपेको अर्को दिनसम्म रहन्न, गर्मी समय छ, कुहिन्छ, ओइलिएर खानै नमिल्ने हुन्छ’ उहाँले भन्नुभयाे ।

बनगाड कुपिण्डे नगरपालिका– ४, ६ र ११ नम्बर वडाका किसानको दैनिकी पनि फेरिएको छ । तरकारी बिक्री गरेर दैनिकी चलाउने कृषक परिवार लकडाउनका कारण समस्यामा परेका छन् । अधिकांशको तरकारी बारीमै थन्किएको छ ।

बारीको तरकारी क्रमश: खानका लागि अयोग्य बन्दै गएकको बुढाक्षेत्री गुनासो छ । ‘गाउँमा तरकारी बिक्री हुँदैन, बजारका तरकारी पसल सबै बन्द छन्,’ उहाँले भन्नुभयाे, ‘तयार भइसकेको तरकारी टिप्‍न नपाउँदा बारीमै बिग्रिरहेको छ ।’

बनगाड कुपिण्डे नगरपालिका ६ आपखोलीका अधिकांश किसानको आम्दानीको स्रोत नै ताजा तरकारी हो । अहिले किसानको बारीमा फर्सी, बन्दा, लौका, काक्रो, सिमि, टमाटर लगायत ताजा तरकारी छ । बनगाड कुपिण्डे नगरपालिका ६ का कलिभान रोकायले आफ्नो बारीमा लगाएको ६ सय विरुवा टमाटर, १४ सय बन्दा, १ रोपनी सिमि,१ रोपनी काक्रो , बारीमा रहेको बताएका छन ।

उपभाेक्ताहरू अहिले तरकारी खाना नपाएर हाहाकार छ उहाँले भन्नुभयाे हामीले भने यहाँ बेच्न नपाएर हैरान छ । स्थानिय सरकारले यसकाे व्यवस्थापन गर्नुपर्ने किसानकाे माग छ । वडा र पालिकाले तरकारी किनवेचकाे उचित प्रवन्ध गर्नुपर्छ उहाँँलेे भन्नुभयाे ।

यस समयमा मात्र तरकारी बेचेर २ देखि ३ लाख सम्म आम्दानी गर्ने गरेको भए पनि अहिले धेरै समस्या भएको बताए । आवश्यक पर्ने किटनासक औषधि समेत नपाइने उहाँले बताउभयाे ।

तरकारी बिक्री हुने मुख्य बजार सल्लीबजार पुर्ण बन्द भए संगै लकडाउन थपिदै जादा किसानहरुलाइ झनै समस्या हुने उहाँँलेे बताउनुुुुुु भयाे ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार १९:४७