सल्यानमा स्थानीय तहका प्रकोप ब्यवस्थापन कोषमा दलित विकास समाजको १०/१० हजार

सल्यान- दलित विकास समाज सल्यानले कोरोना विरुद्ध लड्न स्थानीय तहहरुलाई आर्थिक सहयोग गरेको छ । जिल्ला स्थित प्रकोप ब्यवस्थापन कोष र दश वटै स्थानीय तहहरुलाई आर्थिक सहयोग शुरु गरिएको दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले जानकारि दिए । बुधबार कपुरकोट, त्रिवेणी, छत्रेश्वरी गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए । सल्यानका दशवटै स्थानीय तहहरुलाई १०÷१० हजारको दरले सहयोग गरिने उनले बताए ।


कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा लकडाउनबाट प्रभावितहरुलाई राहत उपलब्ध गराउनका लागि दलित विकास समाजले सहयोग गरेको भन्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले धन्यवाद दिए ।

यस्तै कपुरकोट गाउँपालिकालाई दलित विकास समाज सल्यानका कार्यकारि निर्देशक दुर्गा पुनले ब्यक्तिगत रुपमा १० हजार सहयोग उपलब्ध गराएका छन् । बुधबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीका सदस्य भद्रसिंह बुढाले पनि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १६:०७