बजार नपाउँदा किसानले अलैची र भुँइ स्याउ उखेलेर फाले

इन्द्र बुढाथाेकी

सल्यान- सल्यानमा लगाइएको अलैची र भुई स्याउले बजार नपाउदा किसान मारमा परेका छन् । उत्पादित अलैंची र भुई स्याउ बिक्री नै नभएपछि अलैंची किसान मारमा परेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ काराकोट्को हिलेका किसानहरुले आफुहरुले फलाएको अलैंचीले बजार नपाएको भन्दै दुःख ब्यक्त गरेका छन् । चार वर्ष अघि देखी अलैची खेती शुरु गरेको जनाउदै किसानहरुले उत्पादित अलैची विक्रि नभएको बताए ।


बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का किसान टोप बहादुर पुनले विगत चार वर्ष देखि आफ्नो एक रोपनी जमिनमा लगाएको अलैंची खेतिले बजार नपाउदा समस्या भएको बताए । उनले दुखेसो पोख्दै भने, मैले रेडियोबाट कृषि कार्यक्रम सुनेर अलैची खेती शुरु गरेको हुँ, १८ सय रुपैयाँ किलोमा बिक्रि हुन्छ भन्ने सुनेर खेती गरेँ तर अहिले विक्रि नभएर बारीमै कुहिने भयो । नगदे बालीको रुपमा रहेको अलैंचीलाई मुख्य व्यवसाय बनाउने सोचमा रहेका टोप बहादुररले सोच जस्तो नभएपछि रोपेका अलैचीका विरुवाहरु उख्लेर फालेको बताए ।


यस्तै भुई स्याउले पनि बजार पाउन नसकेको उनको भनाई छ । बारीमा लगाएको भुई स्याउ बिक्री नभए पछि त्यो पनि उखेलेर फालेको उनले बताए । । भुई स्याउ रक्तचाप, मधुमेह लगाएत विभिन्न प्रकारका रोगहरु सन्चो हुने भन्ने सुनेर लगाएको तर बारिमै कुहिने अवस्था आउदा केही विरुवा उख्लेर फालेको टोप बहादुरले बताए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहीबार १८:०४