वित्तिय संस्थालाई कपुरकोटमा घरधनीले घरभाडा मिनाहा गरे

सल्यान- सल्यान कपुरकोटका एक घरपरिवारले वित्तिय संस्थालाई घरभाडा मिनाहा गरेका छन् । कपुरकोट ३ स्थित रुपलाल यरी र विष्णु यरीले मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको एक महिनाको घरभाडा मिनाहा गरिदिएका हुन् ।

लकडाउनका कारण चैत्र र बैशाख महिनामा वित्तिय संस्था पूर्ण रुपमा बन्द भइ कारोबार समेत ठप्प भएको विषय परिस्थीतिमा घरधनीले पुरा एक महिनाको घर भाडा मिनाहा गरेर राहत प्रदान गरेको मेरो माईक्रोफाइनान्सले बताएको छ ।


संंकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिनुपर्ने भएकाले एक महिनाको भाडा मिनाहा गरिएको घरधनी रुपलाल यरीले बताए । उनले भने, ‘यो बेला सबै एक भएर कोरोनासँग लड्नेबेला हो, त्यसैले आफ्नो ठाऊँबाट सहयोग गर्न आह्वान गर्छु ।’ एक महिनाको घर वाहल रकम १४ हजार रुपैयाँ सहुलियत प्रदान गरेको भन्दै मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले घरधनीलाई प्रशंशापत्र प्रदान गरेको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आईतवार १३:१६