
काठमाण्डौँ– सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ११:३१