कभर खबर

  • १५ श्रावण २०७७, बिहीबार ११:१४

सुनको भाउः एक तोलाको ९९ हजार

काठमाण्डौँ– सुनको भाउ बढेर ९९ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

बुधबारकोे तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार ११:१४