सल्यानमा मास्क नलगाएर हिड्ने १२७० जना कारवाहीमा परे

सल्यान– गएको असार २७ गते देखी मास्क नलगाउनेलाई कारवाही थालेको सल्यान प्रहरीले एक लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । २०, साउन सम्म मास्क नलगाएर घर वाहिर निस्कनेहरुलाई जिल्लाका विभिन्न स्थानबाट कारवाही गर्दा उक्त रकम संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारि गराएको हो ।

मास्क नलगाई घर बाहिर निस्किनेलाई पहिलो चरणको कारबाही स्वरुप संक्रामक रोग ऐन २०२० बमोजिमको व्यवस्था अनुसार प्रति व्यक्ती एक सयका दरले जरिवाना गर्ने गरिएको छ । सल्यानमा हाल सम्म एक हजार दुई सय ७० जना व्यक्ति कारवाहीमा परेको प्रहरीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । मंगलबार मात्रै विभिन्न बजार क्षेत्रबाट ८६ जना कारवाहीमा परेका थिए ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार ०८:५५