
काठमाडौं ।
कोरोना भाइरसको महामारीका बेला सुनको मूल्य तोलाको तोलाको एक लाख रुपैयाँ नाघेको छ । यो इतिहासकै सबैभन्दा उच्च सुनको मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।
हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार १०:५३