१८ दिनमा कपुरकोटका किसानले तरकारि बेचेर सवा दुई करोड बढी हात पारे

सल्यान- १८ दिनको अवधिमा कपुरकोट क्षेत्रका किसानहरुले ताजा तरकारि तथा फलफुल विक्रिबाट सवा २ करोड बढी रकम हात पारेका छन् । कृषि उपज बजार केन्द्र कपुरकोटले दिएको जानकारि अनुसार बेमौसमी ितरकारि र फलफुल विक्रि गरेर किसानहरुले मनग्य आम्दानी गर्न सफल भएका हुन् । गएको जेठ २० देखि असार ३१ गते सम्म दुई करोड ८८ लाख १५ हजार दुई सय १० रुपैयाँको तरकारि विक्रि गरेका किसानहरुले साउन यता झन तरकारिको उचीत मुल्य पाएका हुन् ।

१, साउन देखी १८ साउन सम्म दुई करोड १९ लाख ९ हजार ५१९ रुपैयाँ बराबरको तरकारि कपुरकोट क्षेत्रबाट निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटका सचिव तिलक शर्माले जानकारि दिए । ४ लाख ५३ हजार ५५२ किलो बराबरको ताजा तरकारि, ७ हजार ४०५ किलो अदुवा र ५ हजार ३८० किलो फलफुल कपुरकोट क्षेत्रबाट १८ दिनको अवधिमा जिल्ला निकासी भएको छ ।


बजार केन्द्रले दिएको जानकारि अनुसार यस अवधिमा टमाटर प्रतिकिलो २८ देखी ९५, बन्दागोभी १२ देखी ३३, फुल गोभी ३० देखी ८० र सिमि ३५ देखी ९० रुपैयाँ सम्म विक्रि भएको छ । यस्तै भेडे खुर्सानी ७५ देखी ११०, काँक्रा १५ देखी ३५, हरियो खुर्सानी २५ देखी ५५, मुला १५ देखी ३०, गाँजर ६० देखी ६५ र तिते करेला ३० देखी ४५ रुपैयाँ प्रतिकिलोमा किसानहरुले ब्यापारिहरुलाई विक्रि गरेका छन् ।

जेठ असारमा तरकारिको राम्रो मुल्य नपाएको गुनासो गरेका किसानहरुले साउन यता भने उचीत मुल्य पाइरहेको बजार केन्द्रले जनाएको छ । कपुरकोट क्षेत्रको तरकारि नेपालका प्रमुख शहर बजारहरु बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ, घोराही, तुलसिपुर, लमही लगाएतका क्षेत्रमा जाने गर्दछ । कोरोना महामारिका कारण सरकारले लागु गरेको लकडाउनमा पनि जिल्लाको कपुरकोट क्षेत्रका किसानहरुलाइ निर्वाध रुपले वेमौसमि तरकारि विक्रिवितरणको वातावरण स्थानीय सरकार र कृषि उपज बजार केन्द्रले बनाएको थियो ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार १६:३३