गिट्टी कुटेर जिबन निर्वाह गर्दै

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम रुकुम पश्चिमकाे  बाफिकोट गाउपालिकाको वडा ४ को नेटाबजारको सडकमा दिउसोको टन्टालापुर घाममा १ दलित महिला आफ्नो जिबन निर्वाहका लागि गिट्टी कुट्दै हुनुहुन्थ्याे। उहाँले ३ जनाको परिवारलाई गिट्टी कुटेर जिबन निर्बाह गर्दै आउनुभएकाे छ । उहाँले हातमा ढुङ्गा , र फलामको हतौडो लिएर दिनभर गिट्टी कुटी रहनुहुन्छ । उहाँको घरमा अहिले कान्छो छोरा , र बुढाबुढी बसोबास गर्छन ।

दिनभर घाममा गिट्टी कुर्दै सुख्ख दुख्खका कुरा गर्दै हुनुन्तथ्याे  ५० बर्षिय शान्ति बिक । २०६० साल भाद्र महिनामा आएको खारखोलामा आएको बाडीले उहाँको जग्गा , जमिन , र घर बास बगाईदीए पछी उहाँ बिचल्लीमा परेपछि उहाँलाई माईतिको सहयोग  वडा ३ को खरखरे ठाउमा घर र जग्गा गरईदीए पछी  त्यहि बसेका उहाँका श्रीमाले बताउनुभयाे ।

खारखोला गाउमा बस्न कसैले नदिएपछी उनि खरखरे गाउमा बस्न आएको उनले गुनासो पोख्ननुभयाे । गिट्टी कुटेर उनले १ महिनामा ९ हजार कमाउने गरेको बताउनुहुन्छ । एक महिना २ क्याक्टर गिट्टी कुटेर आफ्नो घर खर्च चलाउन बाध्य भएको शान्ति बिकको भनाई छ । सडकमा पाईने साना साना ढुङ्गा टिपेर र कुटेर गिट्टी निर्माण गरिन्छ । दिनभर गिट्टी कुट्ने तर साझामा त्यहि गिट्टी कुटेको पैसाले खानाको जोहो गरेको बताउछन  उनका २ छोरा २ छोरो भारतमा कमाईको लागि गएका तर अहिले सम्म सम्पर्क बिहिन भएको उहाँले बताउनुहुन्छ ।

छोरा जन्माए, पढाए , हुर्काए उनीहरुले पाल्लान भन्ने बेलामा फोन पनि नगरेको गुनासो उहाँकाे छ  ।२ क्याक्टर गिट्टीको ९ हजार रुपैयाले १ महिनाको राशन खर्च आउने गरेको छ । अरु चाडपर्ब आउने बेलामा चरिमासु खाने पैसा र नयाँ कपडा लगाउने सपना कहिले पुरा हुन सक्छ । पहिला १ टयाक्टर गिट्टीको ५ हजार पर्नेमा अहिले ४५ सय पर्छ यसको मुल्य निर्धारणमा गाउका जान्ने बुझ्नेले घटाएको हुन सक्ने उहाँले आरोप लगाउनु भयाे ।

उहाँको २ पाथी जाने मकैको बारी छ त्यसले ३ महिना मात्र खान पुग्ने गरेको उहाँ बताउनु हुन्छ । त्यस पछिका महिना भनेका हाम्रा लागि बाहिरबाट किनेर खाने गरेका उहाँकाे भनाइ छ । उहाँको घरको नाममा १ तलो खरको छान्नको घर छ । उहाँले आफुलाई सहयोग गरिदिन हुन अनुरोत समेत गर्नुभएकाे छ।

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार ०९:१९