
काठमाण्डाै ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।
हिजो ९ सय रुपैयाँ घटेको सुनको भाउ फेरी आँज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार १२:३७