कभर खबर

  • १३ आश्विन २०७७, मंगलवार ०८:०२

कालिमाटीमा तिहार अघि विजुली बत्ति बल्ने

सल्यान –  विद्युतको पहुँचबाट निकै टाढा रहेको कालीमाटी गाउँपालिकाले विद्युत विस्तारलाई निकै प्राथमिकतामा राखेको छ । मर्चेबारी, टाट्के, लगाएत ५ भन्दा बढी बस्तीमा तिहार अघिसम्म विजुली बत्ति बाल्ने गरी तिब्र गतिमा काम भइरहेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जनाए ।

९० प्रतिशत साझेदारी सहकारी विद्युत र १० प्रतिशत गाउँपालिकाको बजेट चार करोड ५० लाख रुपैयाँबाट विद्युतीकिरणको काम भइरहेको छ । यस्तै गाउँपालिकाकै एक करोड ३३ लाख रुपैयाँबाट विद्युतको एउटा योजना सञ्चालन भइरहेको छ भने प्रदेश सरकारको एक करोड ११ लाखबाट पनि विद्युत विस्तार कार्य चलिरहेको छ । यस आर्थिक वर्षमा पनि गाउँपालिकाले विद्युतका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरेको छ । अध्यक्ष केसीका अनुसार वडा नं ६ मा लाइन विस्तार भइसकेको छ, अव बत्ति बल्न मात्रै बाँकी छ । कालीमाटी गाउँपालिकामा सुर्खेत र दाङबाट विद्युत ल्याइएको छ ।

साढे तीन करोडमा प्रशासनिक भवन बन्दै

यसैवीच कालिमाटी गाउँपालिकाकले पक्की प्रशासनिक भवन निर्माण कार्य शुरु गरेको छ । रामपुमा ३ करोड ५० लाख रुपैयाँको बजेटबाट प्रशसनीक भवन निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । साथै यसै वर्ष ८५ लाख रुपैयाँ खर्च गरेर ४ नम्बर वडा कार्यालयको पनि भवन निर्माण हुन लागेको अध्यक्ष केसीले जनाए ।

प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलवार ०८:०२