सुन चाँदीको मूल्य बढ्यो, कति छ आज ?

काठमाडौं ।

आज आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

प्रकाशित मिति: १८ आश्विन २०७७, आईतवार ११:१३