कभर खबर

  • २० आश्विन २०७७, मंगलवार १९:५७

महिला सामुदायीक लघुवित्तको लगानि : पौने सात लाख बराबर बोयर बोका, बँगुर र कृषि औजार प्रदान

प्रतिज्ञा मगर

रोल्पा- रोल्पाको त्रिवेणीमा कृषि र पशु पालनलाई ब्यवशायीक बनाउन किसानहरुलाई सहयोग गरिएको छ । महिला सामुदायिक लघुवित्त बित्तीय संस्था लिमिटेडल समुहमा आवद्ध किसानहरुलाइ उन्नत जात मानिने बोयर बाख्रा, बँगुर र कृषि औजार अनुदान स्वरुप उपलत्तध गराएको हो ।

संस्थागत ग्राहक संरक्षण कोषमा जम्मा भएको रकमलाई ब्यावसाय प्रर्बद्वन गर्नको लागि उद्यम बिकास कार्यक्रम अन्तर्गत किसानलाई मंगलबार बोयर जातको बोका दुई वटा, दुई वटा बंगुरको पाठा वितरण गरिएको वित्तिय संस्थाका रोल्पा जिल्ला संयोजक गगन योगिले जानकारी दिएका छन् । यस्तै २० क्वीन्टल ललसुनको वीउ सहित लसुन पकेट क्षेत्रका लागि टेवा पुर्याउने उद्देश्यले ८ वटा स्प्रे टंकी पनि वितरण गरिएको छ । यस अनुदानबाट १९४ जना घरपरिवारले लाभ प्राप्त गर्ने महिला सामुदायिक लघुबित्त बित्तीय सँस्था लिमिटेड ग्राहक सेवा प्रमुख यमला गौतमले जानकारी दिइन् ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार ओलीले कोभिड १९ ले निम्त्याएको समस्या र रोजगारी गुमाएका धेरैलाई यस प्रकाररको कार्यक्रमले गाउँमै केही गर्नुपर्छ भन्ने जोश, हौसला प्रदान गर्ने विशवास ब्यक्त गरे । कृषि तथा पशुपालन ब्यवशाय प्रवद्र्धन गर्न आफ्नो गाउँपालिकाले सबैसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । संस्थाले त्रिवेणीमा आफ्ना सदस्यहरुका लागि ६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको हो

कार्यक्रममा संस्थाका नायब कार्यकारी निर्देशक शारदा शर्मा, त्रिवेणी ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी , वडा न ४ का वडा अध्यक्ष भिम बहादुर खत्री , जुगार प्रहरी ईन्चार्ज यज्ञमणि बैद्विक वित्तिय संस्थाका जुगार शाखा प्रमुख केशवराज शर्मा , लेखा साहायक सरोज केसी, उद्यम विकास अधिकृत धनजित वि.सि लगाएतले कृषि र पशुपालनबाटै समृद्धि हाँसिल गर्न सकिने बताएका थिए ।

महिला सामुदायिक लघुवित बित्तीय संस्था लिमिटेडले रोल्पाको जुगारमा २०७२ सालबाट कार्यालय स्थापना गरि आफना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । त्यस भन्दा पहिले कर्णाली प्रदेश अन्तर्गत कपुरकोटमा रहेको कार्यालयबाट सेवा प्रदान हुँदै आएको थियो ।
हस्तान्तरण गरिएका दुई वटा बोयर जातको बोकालाई २ लाख ४२ हजार ४ सय , २ वटा बँगुर लाई ८ हजार, स्प्रे ट्याङ्की ८ ओटालाई ५६ हजार ४ सय, लसुनको वीउ ३ लाख ७० हजार रुपैयामा खरिद गरेर विक्रि गरिएको संस्थाले जनाएको छ । समुहमा आवद्ध महिलाहरुलाई आर्थिक ब्यवस्थापन कसरी गर्ने जस्ता तालिम पनि मागको आधारमा आयोजना गरिने संस्थाका नायब कार्यकारी निर्देशक शर्माले बताइन् ।

 

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार १९:५७