विकासमा जनतालाइ नजिकबाट जोडेर आर्थिक आयस्तर उकास्न सकिन्छः साँसद शाह

कणर्ाली प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक गुलाव जंग शाहले विकासमा जनतालाइ नजिकबाट जोडेर आर्थिक आयस्तर उकास्न सकिने विस्वास व्यक्त गर्नु भएको छ । जिल्लाको शिद्द कुमाख गाउँपालिकाको ढोरचौर बाट सुर्खेत सम्म जोड्ने सडक निर्माण तथा स्तरोन्नती कार्यको शिलान्यास गर्दै सााँसद शाहले यस्तो बताउनु भएको हो ।
यसे सडकले सिद्धकुमाखको आर्थिक समृद्धिमा सहयोग गर्ने धारणा समेत उहाँले व्यक्त गर्नुभएको छ । सडक चालु भएसंगै अर्थिक आयआर्जनका क्रियाकलापमा पनि सिद्धकुमाखले फड्को मार्ने भन्दै उहाँले सडकले सबैलाइ नजिक बनाउने धारणा व्यक्त गर्नुभयो । देश संघियताको मोडेलमा गएपछि विकासमा जनतालाइ नजिकबाट जोड्ने भन्दै उहाँले सडक निर्माणलाइ त्यसमा केन्द्रित गरेको बताउनुभयो ।
सो अवसरमा साँसद शाहले निर्वाचन क्षेत्रहरूमा विनियोजन हुने रकमबाट सल्यानको प्रदेश सभा क मा पर्ने ढोरचौर, छापडाँडा, दह, गोगनकटेरी, मैदुपोखरी, सल्लीबजार सडकलाइ पहिलो नम्बरमा राखेर काम अगाडी बढाएको बताउनुभयो ।


अहिले ३ करोड ५० लाख बराबरको रकमबाट कामको शुरुवात भएको जानकारी दिंदै साँसद शाहले यो सडक बहुवर्षिय भएकाले क्रमागत रुपमा रकम विनियोजन गर्दै ढोरचौर बाट सल्लीबजारसम्म पक्की नाला सहित ग्राभेल गराइने जानकारी दिनुभयो ।
सडक संजालको काम पुरा भएपछि सल्यानको उत्तरी क्षेत्र तथा रूकुम पश्चिमको पश्चिमी क्षेत्रका बासिन्दालाइ प्रदेश राजधानी सुर्खेतसम्म पुग्न छोटो दुरी भएकाले सहज हुने भएको छ । सो अन्तरगत पहिलो चरणमा ढोरचौर देखि छापडाँडा सम्मको १५ किलोमिटर सडकको स्तरोन्नती, पक्की नाला र ग्राभेलका निम्ती शुरू भएको हो ।


शिलान्यास कार्यक्रममा बोल्दै शिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले गौरवको योजनाको रूपमा प्रदेश सरकारबाट विनियोजित बजेटबाट हुने हरेक विकास निर्माणका कामलाइ जनताको जिवनस्तरसंग जोडेकोमा धन्यवाद व्यक्त्त गर्नुभयो । उहाँले कामको जिम्मा पाएको दाजुभाइ कन्ट्रक्सनले समयमानै काम सम्प्पन्न गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । विकास संगसंगै केही रुपमा विनास पनि हुने भएकाले कामको सिलसिलामा हुने सामान्य क्षतिबाट दुखी नभइ त्यसपछिको परिणामबाट फाइदा लिन् स्थानीयलाइ आग्रह गर्नुभयो ।
कणर्ाली प्रदेश सरकारको आर्थिकवर्ष ०७६/०७७ को विनियोजित रु ३ करोड ५० लाख रकमबाट ठेक्का स्वीकृतिममा मजदुर र नान्जिला जेभिको सहकार्यमा दाजुभाइ कन्ट्रक्सनले निर्माणको काम थालेको छ । कार्यक्रमको संचालन वडा नं. ३ का वडाध्यक्ष शालिकराम बुढाथोकीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार ०८:०३