कभर खबर

  • २६ कार्तिक २०७७, बुधबार ०६:२९

एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डाै ।

सुनको भाउ मंगलबार एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार  तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । अमेरिकाकाे राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

कोभिड-१९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासङ्घले जनाएको छ ।

ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेसँगै शेयर बजारमा उकालो लाग्न थालेको छ । यसैबीच, चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ ।

 

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार ०६:२९