कस्तो छ आज सुनकाे बजार भाउ ?

काठमाडौं ।

शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ। बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ।

चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close