रूकुम पश्चिमकाे त्रिबेणी गाउपालिकामा अदुवा खेति फस्टाउदै

प्रचण्ड खत्री / रुकुम

पश्चिम त्रिवेणी गाउँपालिकाका किसानले यसवर्ष खेतबारीमा लगाएको अदुवा खेती फस्टाउँदै गएको छ। जिल्लामै अदुवा पकेट क्षेत्रको रूपमा चिनिएको त्रिवेणीका १० वटै वडामा किसानले लगाएको अदुवा खेती फस्टाएको हो।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले नगदेबालीको रूपमा वर्षेणी अदुवा खेती गर्दै आएका छन्। अन्नबाली भन्दा नगदे बालीका रूपमा लिइएको अदुवा खेतीबाट राम्रो आम्दानी भएकाले त्रिवेणीका १० वटै वडाका किसानले अदुवा खेती गर्दै आएका हुन्।

अदुवा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा चिनिएको त्रिवेणीमा यसवर्ष पनि किसानको पाखो र खेतबारीमा लगाएको अदुवा फस्टाएको छ। त्रिबेणी ८ का हेमराज ओलीले यस बर्ष अदुवा बाट राम्रै उत्पादन भएको र पारिश्रमिक गर्दा आम्दानि पनि राम्रो भएको बताए । उनले यस बर्ष २५ सय बर्गमिटरमा अदुवा खेति गरेका थिए । उनले यस बर्ष सोचेको भन्दा बडी आम्दानि गरेका हुन ।

अहिले बजारमा १ केजी अदुवालाई १ सय ५० रुपैया पर्ने गरेता पनि व्यापारिक गाउमै पुगेर १ सय १० रुपैया हालेको उनले सुनाए । अदुवा खेतीमा गहुँ तथा मकै बाली जस्तो धेरै दुख नहुने भएकाले यसबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने अर्का किसान यामलाल ओलीको भनाई छ।

त्रिवेणीको दहबाङ्गमा यसवर्ष अदुवा प्रशोधन केन्द्र समेत निर्माण भएकाले यहाँका किसानमा थप उत्साह बढेको छ किसानले वर्षेनी उत्पादन गरेको अदुवा निर्यात गर्दा विचौलियाका कारण बजार भाउमा समस्या देखिएकामा गाउँपालिकाले नै १० वटै वडाका अदुवा किसानलाई लक्षित गरी यसवर्ष अदुवा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

अदुवा प्रशोधन भएपछी १० वटै वडाका किसानहरु लाम्भानबित हुने बताएको छ । प्रशोधन केन्द्र निर्माण भएपछी ठेकेदारबाट बचेको किसानहरुको भनाई छ । गाउँपालिका अध्यक्ष झक्कुप्रासद घर्तीले भने केहि दिनमै अदुवा प्रशोधन मेसिन ल्याउन लागिएको र केही समयभित्रै प्रशोधनको काम शुरु हुने बताए।

अदुवा प्रशोधन केन्द्र स्थापना भएसँगै गाउँपालिकाका तीन हजार ५६५ घरधुरी लाभान्वित हुने भएका छन्। त्रिवेणीको मुरु, खारा र पेउघाका किसानको खेतबारीमा वर्षेनी चार टनभन्दा धेरै अदुवा उत्पादन हुने गरेको छ। त्रिबेणीका १० वटै वडाका किसानले मकै र गहु खेति नगर्ने बताए । अदुवाबाट थोरै लगानीबाट धेरै आम्दानि हुने भएकाले किसानहरु त्यस तर्फ आकर्षित भएका हुन ।

  • 56
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close