समाजवादको आधार निर्माण गर्ने गरी विकास निर्माणाकाे काम भइ रहेकाे छःप्रतिनिधी सभा सदस्य बस्नेत

सल्यान ।

प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले  देशको संविधान समाजवाद उन्मुख भएकाले समाजवादको आधार निर्माण गर्ने गरी काम भईरहेको बताउनु भएकाे छ । जिल्लाको बहुप्रतिष्ठित लुम्बिनी–रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्रयाक खुला गरिएपछि उद्घाटन  कार्यक्रमलाइ सम्बाेधन गर्दै साँसद बस्नेतले यस्ताे बताउनु भएकाे हाे ।

एकथरी मान्छेले अहिले नै समाजवाद आउनुपर्ने जस्तो गरी सरकारलाइ विवादमा ल्याउन खोजेको भन्दै अहिले समाजवादको निम्ती तयारी भैरहेको धारणा राख्नुभयाे । उहाँले जनयुद्धको बलमा जनआन्दोलन भएको भन्दै माओवादीले हतियार नउठाएको भए गणतन्त्र नआउने बताउनुभयाे ।अहिलेका सबै विकास समाजवादी व्यवस्था निर्माणका निम्ती भएको भन्दै उनले जनताका आधारभुत आवश्यकता बढेकोमा राज्यजले पनि ध्यान दिने बेला आएको उहाँकाे भनाइ छ ।

 कार्यक्रमलाइ सम्बाेधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले व्यवस्थाको परिवर्तनले मात्रै जनता र सरकार नजिक भएकाले यसको संस्थागत गर्नेबेला आएको बताउनुभयाे । उहाँले स्थानीय सरकारको अधिकार संघिय सरकारले कटौती गर्दै निकम्बा बनाउन खोजेको आरोप लगाउदै जनताको निकटको स्थानीय सरकारलाइ बलियो बनाइनुपर्ने धारणा राख्नुभयाे ।

  कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले अहिलेको विकास संघियताका कारण मात्रै सम्भव भएको भन्दै संघियताको उपलब्धी जनयुद्ध र जनआन्दोलनका कारण मात्रै भएको बताउनुभयाे । उहाँले सरकारले २० बर्ष पहिला गरेका काम र अहिले गरेका कामलाइ तुलना गर्दा आकाश पातालको फरक भएको भन्दै यसलाइ अझ विस्तार गर्नुपर्ने धारणा राख्रनुभयाे ।

कुमाख ७ को जिमाली भेरी खोला देखि कल्लेखोला सम्मको ४ किलोमिटर नयाँ ट्रयाक खोलेपछि  अहिले कुमाख १, २, ३, ४ र ७ वडाका स्थानीयवासी तथा चौरजहारीबाट श्रीनगर आउने लाइ झण्डै १ घण्टा समय छाेटाे हुनेछ । यो मार्ग हुलाकी मार्गको रुपमा पनि चिनिदै अाएको छ ।

भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक डभिजिन कार्यालय दाङले २ करोडमा ठेक्का प्रक्रिया बढाएपनि सविन कन्ट्रक्सन प्रा.लि.ले १ करोडमा उक्त सडकको नयाँ ट्रयाक खुला गरेको हो ।

सडकको ट्रयाक खुला भएपनि सडकमा नाली तथा ह्युमपाइप नभएसम्म नियमित गाडि चल्न नसक्ने भन्दै स्थानीयवासीले नियमित सडक संचालनका लागि पहल गर्न अनुरोध गरेका छन । उनिहरूले भैरहेका विकासलाइलाइ दिगो तथा निरन्तर बनाइराख्न नेताहरूलाइ भनेका छन ।

सविन कन्ट्रक्सनका अमृत देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दुर्गा बुढाथोकीले गर्नुभयाे भने सहभागीलाइ स्वागत तथा धन्यवाद वडाध्यक्ष तुलाराम बोहोराले गर्नुभयाे ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार १३:१७