युवाहरुलाई कृषितर्फ आकर्षित गर्न ‘एग्रो एण्ड नर्सरी’

सल्यान- युवाहरुलाई कृषितर्फ आकर्षित गर्न र स्वदेशमै रोजगारी श्रृजन गर्नका लागि दुई युवाले ब्यवशायीक रुपमा कृषि नर्सरी सञ्चालन गरेका छन् । आईटी इन्जिनियर र माइक्रोबायोजोजिष्टले दाङ तुलसिपुर ८ दुुधेनामा ३० लाख बढी लगानी गरेर नेचुुरल एग्रो एण्ड नर्सरी शुरु गरेका हुन् । घर तथा कार्यालय सजावटका लागि भारतबाट आयात गरिएका फुलले बजार ओगटीरहेको बेला स्थानीय स्तरमै विभिन्न प्रजातिका पुष्प, फलफुल र मौसमी तरकारीका विरुवा उत्पादन शुरु भएको हो ।

बबई गाउँपालिका निवासी आईटी इन्जिनियर बुद्धिराज पौडेल र तुलसिपुर ८ दुधेना निवासी निमराज सापकोटाले कृषि क्षेत्रका विभिन्न आयोमहरुलाई जोड्दै युवाहरुलाई कृषिमा आकर्षित गर्न यस्तो ब्यवशाय शुरु गरेको जनाएका छन् । नर्सरीका सञ्चालक तथा इन्जिनियर पौडेलले भने, ‘शान्तिनगरमा एक विगाहा जमिन विरुवा उत्पादनमा प्रयोग गरिरहेका छौँ, दुधेनामा एक कठ्ठा जमिनमा विक्रि केन्द्र स्थापना गरेका छौँ ।’ अहिले नर्सरीमा ८० भन्दा बढी प्रजातीका पुष्प, कागतीका विभिन्न प्रजाति एवम् लिची, चीउरी, आँप, कटहर, अम्बा, मौसमी तरकारीका विरुवाहरु रहेको उनले जनाए ।

कोभिड– १९ को कारण धेरैले रोजगारी गुमाएको अवस्थामा स्वदेशमै केही गर्नुपर्ने भन्ने सोँचका साथ कृषि क्षेत्रमा राम्रो सम्भावना देखेपछी यी दुई युवाले गत भदौ देखी नर्सरी शुरुवात गरेका थिए । अहिले विदेशी मुलका विभिन्न पुष्पहरु पनि दाङमै उत्पादन शुरु भएपछी दाङ, सल्यान सहित बाँकेको कोहलपुर सम्म घर तथा कार्यालय सजावटका लागि फुलका विरुवाहरु जाने गरेको पौडेलले बताए । समयलाई ब्यवस्थीत गरेर दिर्घकालीन सोँच सहित आफुहरु ब्यवशायीक ढंगले कृषि क्षेत्रमा लागेको उनको भनाई छ । इन्जिनियर पौडेलले विहान तुलसिपुरको एक कलेजमा अध्यापन गर्छन् भने दिउँस भरी सुचना प्रविधि अधिकृतको रुपमा सल्यान कपुरकोट गाउँपालिकामा काम गर्छन् । उनी भन्छन्, ‘विहान र दिउँसो मं जागिरमै ब्यस्त हुन्छु, तर अन्य पफुर्सदको ससमयमा नर्सरी ब्यवस्थापन संगै मार्केटिङको काम गर्छु, मलाई यसमै आनन्द छ । तर अझै मेहनत गर्नु छ ।’


नेचुुरल एग्रो एण्ड नर्सरीमा एक सिजनमा ३० देखी ५० हजार विरुवा उत्पादन भइरहेको छ । माग बढीरहेकोले उत्पादन पनि बढाउने योजना रहेको सञ्चालक पौडेलले जनाए । शुरुवात भएकाले अहिले मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको उनले जनाए । ब्यवस्थित र नयाँ ढंगले बगैचा निर्माण गर्न चाहनेहरुलाई नेचुुरल एग्रो एण्ड नर्सरीले अन्य विभिन्न सेवा पनि प्रदान गर्ने गरेको छ । ग्राहकहरुकहाँ गएर बगैचाको डिजाइन, माटो तथा विरुवाको उपचार र प्राविधिक सहयोग पनि नसर्सरिले उपलब्ध गराउने गरेको छ । नर्सरीमा दुई जना प्राविधिक र एक जना बगैचा मालिले रोजगार पनि पाइरहेको सञ्चालक पौडेलले जानकारि दिए ।

प्रकाशित मिति: १२ पुष २०७७, आईतवार ११:४२