Kareshma Giri

  • १५ माघ २०७७, बिहीबार १९:३४

बालुवसंग्रही–कुपिन्डे–खलंगा सडक खण्डको यातायात सेवा माघ १७ गतेबाट बन्द हुने

करेश्मा गिरी,सल्यान

बालुवसंग्रही–कुपिन्डे–खलंगा सडक खण्ड केही समयका लागी अवरुद्द हुने भएको छ । सो सडक खण्डमा माघ १७ गतेबाट निर्माण कार्य सुरुहुने भएकोले दिउँसोको समयमा सवारी आवतजावत बन्द हुनेभएको हो ।

कर्णाली प्रदेशको पुर्बाधार बिकास कार्यलय सल्यानले एक सुचना जारि गर्दै माघ १७ गतेबाट बिहान १० बजे देखि ४ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने जनाएको छ ।

बिहानको समयमा ८ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ६ बजेसम्म दुइ÷दइ घण्टा भने सवरीसाधन संचालन गर्न दिइने सुचनामा उल्लेख छ ।

तर जैतपानी स्वारा हुँदै चिसापानी गाइदुवाको बैकल्पिक बाटो भने प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।साथै खलंगादेखि कुपिन्डे दह सम्म भने सवारी आवतजावत गर्न कुनै समस्या नरहेको कार्यलयले जनाएको छ ।

अत्यावश्यक सवारी साधनका लागी भने अग्रिम जानकारी गराएमा व्यवस्थापन गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहीबार १९:३४