कभर खबर

  • १० फाल्गुन २०७७, सोमबार ११:२३

कच्चा पदार्थ अभावले स्वदेसी उद्योग संकटमा

काठमाडौं ।

कच्चा पर्दाथ अभावमा स्वदेसी उद्योग संकटमा परेका छन । आयातित कच्चा पदार्थमा संचालन हुँदै आएका नेपाली उद्योगका लागि कच्चा पदार्थ आयातमा समस्या भएसँगै उद्योगहरु समस्यामा परेका हुन । कोरोनाका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्ने उद्योग बन्द हुन पुग्दा समस्या सृजना भएको छ ।

विगत ३ महिना अघि देखि नेपाली उद्योगले आयातका लागि अर्डर गरेको कच्चा पदार्थ हालसम्म पनि आईनपुगेको नेपाल चेम्बर अफ कमर्सका उद्योग समितिका सभापति दिपक श्रेष्ठले बताउनुभयाे । व्यवसायीले एलसी खोलेर उद्योगका लागि आवश्यक कच्चा पदार्थ मगाएको ३ महिनाभन्दा बढी भैसकेपनि अर्डर गरेका मालसामान अझसम्म नआएको श्रेष्ठको भनाई छ । कतिपय कम्पनीले अर्डर लिएर पनि सामान दिन सकेका छैनन भने कतिपयले ट्रान्सपोर्ट समस्या देखाउने गरेको कारण समस्या उत्पन्न भएको व्यवसायीहरुको भनाई छ ।

पछिल्लो समय पानीको सतह घटेको भन्दै कलकता बन्दरगाहले शीपमेन्टका लागि अनुमति नदिँदा नेपाली उद्योगी व्यवसायीले आयात गरेको कच्चा पदार्थ तथा अन्य बस्तुहरु समयमै ल्याउन सकेका छैनन । सोही कारण कारण विदेशस्थित कम्पनीले सामान डेलिभरी दिएपनि चीन तथा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ नेपाल आइसकेको छैन ।

 

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार ११:२३