कभर खबर

  • २१ फाल्गुन २०७७, शुक्रबार १७:३२

युनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्यु दावी हस्तान्तरण

सल्यान, २१ फागुन
युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा सल्यानमा मृत्यु दावी भुक्तानी गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ ढुङ्गेबगरका २८ बर्षिय शंकर वलीको मृत्यु भएपछि उहाँको श्रीमतिलाई मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरिएको हो ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी श्रीनगर शाखाबाट सावधिक जीवन बिमा योजना खरिद गरेका वलीको गत मंशिर ३ गते एक्कासी मृत्यु भएको थियो । उहाँको श्रीमति मेक कुमारी वलीलाई बिमाङ्क रकम रु ३ लाख र बोनस बापतको रु १५ हजार गरी तीन लाख १५ हजार रुपैयाको चेक युनियन लाईफ इन्स्योरेन्स कम्पनी ६ नम्वर प्रदेश उप प्रमुख गोविन्द रेग्मी र त्रिवेणी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हुकुम प्रसाद महतराले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
जीवन बीमा हरेक व्यक्तिले गर्नु पर्ने आबश्यकता रहेको बताउदै प्रदेश उप प्रमुख रेग्मीले आफनो क्षमता अनुसारको जीवन बीमा खरिद गर्नुपर्ने बताउनुभयो । बीमाले हरेक व्यक्तिको भविष्यमा हुने जोखिमहरुको सुरक्षा गर्ने भएकोले बीमा अपरिहार्य भएको रेग्मीले बताउनु्भयो । शंकर वलीले सावधिक जीवन विमा पोलीसी अन्तर्गत पहिलो किस्ता जम्मा गर्नु भएको थियो । उहाँको बीमा बनाएको १ महिना २२ दिनमा मृत्यु भएको थियो ।
यस्तै मृत्यु दावी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष महतराले बीमा बनाउदा आफु र अफना सन्ततीको जोखिम बहन हुने भएकोले आफनो क्षमता अनुसारको बीमा बनाउन आग्रगह गर्नुभयो । “बिमा कम्पनीहरु सरकारबाट स्वीकृति लिएर मात्र सञ्चालन भएका हुन्छन् त्यसैले ढुक्कले बिमा बनाउदा हुन्छ ।” महतराले भन्नुभयो । मृत्यु सवैको दुखद नै हुन्छ मरेर जाने मान्छेलाई फर्काउन नसकिने भएपनि बाँचेकाहरुको जिवन चलाउनका लागि बीमा सहयोगी हुन्छ यसलै पनि बिमा सवैका लागि आवश्यक छ।”
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले घरमै आएर बिमा भुक्तानी गरेकोले कम्पनीप्रति विश्वास बढेको वडाध्यक्ष महतराले बताउनुभयो । “बीमाले भविष्यमा हुने जोखिम बहन गर्ने भएकोले पनि आवश्यक भएको बताउदै युनियन लाईफ इन्स्योरेन्स कम्पनी प्रतिको विश्वास बढेको छ,। ” महतराले भन्नुभयो ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख रमेश कुमार वली, एजेन्सी म्यानेजर निरुता डाँगी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार १७:३२