
इन्द्र बुढाथोकी / बैशाख १५ सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नगर उप प्रमुख सहित ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज नगरपालिकामा पिसीअार टेस्ट गर्दा उप प्रमुख सहित बनगाड कुपिण्डे नगरपालिका वडा ९ का ४० वर्ष, ९ का १३ वर्ष र वडा न ११ का ३७ वर्षीय गरि ४ जनामा पोजेटिभ देखिएको छ ।
कोरोना सङ्ग मिल्दोजुल्दो लक्ष्य देखिएकोलाइ नगरपालिकामा पिसीअार टेस्ट गराउदा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ । उहाका अनुसार ज्वरो आउने रुघाखोकी लाग्ने जस्ता कोरोना सङ्ग लक्ष्य देखिएमा तत्काल सम्पर्क गर्न समेत उहाले आग्रह गर्नु भएको छ ।
राज्यले पिसिआर बराबरको मान्यता दिएको एन्टीजिन टेस्टले अहिले नगरपालिका भित्र कोरोनाको चेकजाँच हुने उहाले बताउनु भयाे ।
प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार १६:४८