नक्कली परिक्षार्थी पक्राउ

Triveni

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिममा प्रहरीले अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।

आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीज्युला शिक्षा क्याम्पसको परिक्षाकेन्द्र बाट जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ७ का लोकेन्द्र बहादुर चन्दको नाममा परिक्षा दिदै गर्दा कोहलपुर बाँकेका एक युवकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

परिक्षा केन्द्रमा अर्काको नाममा परिक्षा दिदैँ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । उनलाई आज बिहान ९ बजे परिक्षाकेन्द्र बाट पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी प्रमुख धुर्ब कुमार श्रेष्ठले बताउनुभयाे ।

उनलाई ईलाका प्रहरी कार्यलय आठबिसकोटले पक्राउ गरिएको हो । उनलाई शिक्षा ऐन अनुसार कारबाही गरिने जनाईएको छ । प्रहरीले पक्राउ परेका युवकको परिचय भने खुलाएको छैन ।

त्रिवि अन्तर्गत बिएड दोस्रो वर्षको स्वास्थ्य विषयको परिक्षामा केन्द्राध्यक्षले उत्तर पुस्तिकामा हस्ताक्षर गर्ने समयमा नक्कली परिक्षार्थी फेला परेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रसासनका अनुसार अर्काको नाममा परिक्षा दिन लगाउने विद्यार्थी जाजरकोटको नलगाड बहुमुखी क्याम्पस दल्लीका हुन् । दल्लीको परिक्षाकेन्द्र राडी परेको छ । कोरोनाका कारण स्थगित बिएड दोस्रो वर्षको परिक्षा त्रिविले आजदेखी सञ्चालन ल्याइएको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker