सल्यानका चारपालिकामा आज कोरोना विरुद्धको खोप कार्यक्रम सम्पन्न

सल्यान ।
सल्यानको चारवटा पालिकामा आज कोरोना विरुद्धको खोप कार्यक्रम संचालन भएको छ । जिल्लाको शारदा नगरपालिका,छत्रेश्वरी गाउँपालिका,त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकामा खोप संचालन भएको हो ।

बाँकी वटा स्थानीय तहमा भने साउन १४ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

५५ वर्षमाथिका नागरिक,शिक्षक,कर्मचारी, यातायात व्यवसायी र पहिले लगाउन छुटेकाहरुले खोप लगाएको शारदा नगरपालिका –२ स्थित वडा कार्यालयमा संचालन भएको खोप केन्द्रका अहेब दिनेश चन्दले बताउनुभयो ।

उहाँका अनुसार खोपकेन्द्रमा आएर खोप लगाउने कसैलाइ पनि स्वास्थ्यमा केही समस्या नदेखिएको बताउनुभयो ।
जिल्लामा ७ हजार दुइ सय ४० डोज कारोना विरुद्धको भेरोसिल खोप आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ श्रावण २०७८, बुधबार १७:२९