कोभिड संक्रमित आमाले सल्यान अस्पतालमा जन्माइन बच्चा


कोभिड संक्रमित एक महिलाले सल्यान अस्पतालमा स्वस्थ बच्चालाइ जन्म दिएकी छन् । साउन २४ गते कोभिड पोजिटिभ देखिएकी गर्भवती महिला त्रीवेणी– ६ रुकुम पश्चिम निवासी २१ वर्षिया सुजाता ओलीले शुक्रवार राती शिशुलाइ जन्मदिएको सल्यान जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर भीमकान्त जैसीले जानकारी दिनुभयो ।

साउन २४ गते ज्वोरो देखिएपछि रुकुम पश्चिम जिल्ला अस्पतालमा जचाउँदा कोभिड पोजिटिभ देखिएकी ती महिला साउन २७ गते राति २ बजे सल्यान जिल्ला अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुनुभएको थियो । महिलालाइ सुत्केरी हुने दिएकोे मिती नाघेका कारण अस्पतालमा व्यथा लाउने औषधि दिइ ब्यथा लागेपछि मिहलाले ३१०० ग्राम तौल भएको बच्चालाइ जन्म दिएको डाक्टर जैशीले जानकारी दिनुभयो ।

कोभिड पोजिटिभ गर्भवति लाई स्वास्थ्य संस्थामा सुत्केरी सेवा दिएको सल्यान जिल्लामै पहिलो पटक हो जैशीले भन्नुभयो हाल आमा र बच्चा दुवैको अवस्था सामान्य छ । सुत्केरी महिलालाइ डिस्चार्ज गरी होम आइसोलेसनका लागि पठाइएको छ ।कोभिड संक्रमित भएका कारण यस्तो बेलामा बच्चालाइ सावधानी पुर्वक स्याहारसुसार गर्नुपर्ने डाक्टर जैशीले बताउनु भयो ।

अहिले बच्चा स्वस्थ छ आमाले अन्य सुत्केरी जस्तै बच्चालाइ दुध चुसाउनु पर्छ उहाँले भन्नुभयो,तर मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । केही दिनसम्म परिवारका अन्य सदस्यहरुसंगको दुरी कायम राख्ने र आवश्यक परेको खण्डमा परिवारका सदस्यले सुरक्षा सतर्कता अपनाएर सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । आमा र बच्चालाइ स्वस्थ रहन खानपानको पनि थप आवश्यकता पर्ने भएकाले परिवारका सदस्यले खानपानमा भने विशेष ध्यान दिनु पर्ने डाक्टर जैशीकाे भनाइ छ।

प्रकाशित मिति: ३० श्रावण २०७८, शनिबार १५:३६