
सल्यानमा पहिलाे पटक शिघ्र कुपोषण भएका बालबालिकाहरुको एकिकृत व्यवस्थापन कालागी बहिरंग उपचार केन्द्रको स्थापना भएको छ । जिल्लाको शारदा नगरपालिका १ स्थित खलंगा स्वास्थ्यचौकी र छत्रेश्वरी गाउपालिका वडा नं ६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा उक्त वहिरंग उपचार केन्द्र स्थापना भएको हो ।
दलित बिकास समाज, सल्यान सुआहारा कार्यक्रमकाे प्राबिधिक सहयोगमा संचालित भएकाे उपचार केन्द्र खलंगा स्वास्थ्य चौकीमा १ जना मध्ययम शिघ्र कुपोषित साथै छायाँक्षेत्र स्वास्थ्य चौकीमा २ जना कडा शिघ्र कुपोषित र १ जना मध्ययम शिघ्र कुपोषित बालबालिकाको उपाचार सुरु गरिएको छ ।
स्थापना भएका वहिरंग उपचार केन्द्रहरुमा कडा शिघ्र र मध्ययम शिघ्र कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिका हरुलाई तयार पारिएको उपचारात्मक खाना अारयुटीएफ मार्पmत उपचार गरिने छ भने केन्द्रहरुबाट ६ देखि ५९ महिनाका सबै बालकालिकाहरुलाई बालभिटा प्रदान गरिने छ ।
समुदायमा रहेका ६ देखि ५९ महिना सम्मका सबै बालबालिका हरुको पाखुरा मापन, कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाहरु पहिचान गरि पत्ता लागेका कडा तथा मध्ययम शिघ्र कुपोषित बालबालिकाहरु लाई बहिरंग उपचार केन्द्रमा ल्याई एकिकृत रुपमा उपचार गरिने छ । यस प्रकारका वहिरंग उपचार केन्द्र जिल्लाका सबै स्थानीय तहहरुमा यहि असोज महिना भित्र नै स्थापना गरिने कुरा जिल्ला स्थित पालिका स्वास्थ्य संयोजकहरुले जानकारी दिए ।
कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाको जिल्लामै उपचार हुने भएपछि ग्रामीण भेगका १००० दिने आमाहरु खुसि भएका छन् । शारदा नगरपालिका स्थित खलंगा स्वास्थ्य चौकीमा आफ्नो कडा मध्यम शिघ्र कुपोषण भएको बच्चालाई उपचारका लागी ल्याएकी शारदा नगरपालिका वडा १ शान्तिनगरकी टिका नेपालीले घर नजिकैको स्वास्थ्य सस्थामा आपनो बच्चालाई उपचार गर्न पाउदा खुसि व्यक्त गरिन । भने छत्रेश्वरी गाउपालिका वडा नं. ६ रानगाऊ स्थित भुमी रोकाले कडा शिघ्र कुपोषणमा परेकी छारीलाई पालिका भित्रकै स्वास्थ्य चौकीमा उपचार गर्न पाएकोमा निकै खुसि थिइन ।
खलंगा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं शारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारको प्रमुख आतिथ्यतामा उद्दघाटन भएको वहिरंग उपचार केन्द्रमा पालिका स्थित बिभिन्न वडाका १०÷१२जनाबालकालिकाहरुको चेकजाँच गरिएको थियो ।
कुपाेषित बालिबालिकाका अभिभावकलाइ नगर प्रमुख सुरेश अधिकारीद्धारा तयार पारिएको उपचारात्मक खाना हस्तानतरण गरिएको थियो भने स्वास्थ्यकर्मीहरुले पोषण र खानपान सम्बन्धि परामर्श गरेका थिए।
कार्यक्रममा बोल्दै नगर स्वास्थ्य प्रमुख बिरेन्द्र हमालले यस अघि यस्ता कडा तथा मध्ययम शिघ्र कुपोषण भएकाबालबालिका हरुलाई उपचारको लागी जिल्ला बाहिर दांग, नेपालगञ्ज, सुर्खेत लगाएतका ठाउमा लैजानु पर्दा कुपोषित बालबालिकाको घरपरिवारको धेरै खर्च हुने र केही परिवारले त खर्च अभाब कै कारण उपचारका लागी जिल्ला बाहिर जना नसकेको र बालबालिकाको ज्यानै समेत जाने अवस्था सम्म आउने गरेकोमा अव नगरपालिका भित्रनै शिघ्र कुपोषणको एकिकृत व्यवस्थापनको लागी बहिरंग उपचार केन्द्र स्थापना भए पछि उपचारमा सहज भएको बताउनुभयाे ।
शारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथोकीले वडा भित्रका १००० दिनका आमा र वालबालिकाहरुको पोषण अवस्था सुधारको लागी आफुले आमा समूहहरुमा बिभिन्न सचेतनामुलक क्रियाकलापहरु तथा १००० दिनका आमाहरुलाई पोसिला केशेली बितरण गरिरहेको बताउदै आगामी दिनमा यसलाई निरन्तरता दिने वताउनुभयाे । कार्यक्रमको सहजिकरण सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसी गर्नु भएकाे थियाे भने सञ्चालन दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीेले गर्नु भएकाे थियाे ।
प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलवार १९:५१